पूर्व प्रधानमन्त्री खनालद्वारा छाउनी जोड्ने बाटो निर्माण कार्यको शुभारम्भ



१२ फागुन २०७५, काठमाडौं

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा काठमाण्डौ महानगरपालिका वडा न. १५ र डल्लुआवास स्थानीय सहयोग समितिको संयुक्त कार्यक्रम राजा बिरेन्द्र मार्ग र छाउनी जोड्ने द्रुत गति बाटो ईन्टरलक ब्लक बोटो निर्माण कार्यको शुभारम्भ गरिएको छ ।

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रममा काठमाडौ महानगरपालिका वडा नं १५ का वडाध्यक्ष ईश्वर मान डंगोल लगायत कामपा वडा नं १५ का सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्