
१२ फागनु २०७५, काठमाडौं
मन बिनाको धन भन्दा धन बिनाको मन ठुलो भन्ने कुरा आज हाम्रो सहकर्मी मित्र पत्रकार शर्मिला गुरुङले सार्थक बनाएकी छिन् । एउटा सामान्य मिडियामा सामान्य जागिर गरेर जिबिको पार्जन गर्ने शर्मिला गुरुङ फेरी एकपटक आफ्नो मासिक तलबको केहि अंश बोकेर तातो दुधमा डुबेर बिजोग अवस्थामा उपचार गराईरहेका ताप्लेजुङ्गका रायन लिम्बुलाइ भेट्न पुगेकी छिन् ।
अरुको काम गरेर आफ्नो जीवन धान्नु पर्ने पत्रकार शर्मिला गुरुङको बिशाल हृदय आज फेरी छताछुल्ल भएको छ । हुनत यो सहयोग रायनको लागि सानो होला तर शर्मिला भन्छिन् यस्तै गरि सबै नेपालीले सहयोग गरिदिनु भयो भने उनको उपचार अवश्य सफल हुनेछ । दर्शक बृन्दहरु यो भिडियो शेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पत्रकार शर्मिला गुरुङको यो महान कार्यलाइ पुर्याई दिनुहुन् हामी हार्दिक अनुरोध गर्दछौ साथै उनको यो भिडियो अन्तिमसम्म हेरिदिनुहोला ।
ताप्लेजुङ्गमा घर भएका दुई वर्षीय रायन लिम्बु शरीरभरि तातो दुधले पोलेर हाल सुष्मा मेमोरियल अस्पतालमा उपचार गराईरहेका थिए । उनलाई बचाउन जाँदा उनको आमा रन्जना लिम्बुको समेत औला जलेको थियो । तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण रन्जना लिम्बुलाई आफ्नो दुधे बालकको उपचारका लागि हम्मे हम्मे परेको थियो । रायनको स्वास्थ्य अवस्था बुझ्नुका साथै आफुले सक्दो आर्थिक सहयोग बोकेर आज शर्मिला गुरुङ शुष्मा कोइराला मेमोरिअल होस्पितल पुगेकी छिन् ।
विहानी ६ बजे तिर दुध तताएर आमा बाहिर जाँदा बामे सर्ने रायन भान्छामा राखिएको पिर्कामा अल्झिएर दुधको कुडेमा परि एक्कासी चिच्चाए । त्यही सुनेर सबै भान्छामा पुग्दा कुडेमा परिरहेका रहेछन रायन । उनको हात देखि खुट्टा समेत जलेको थियो । उनकी भन्छिन, ‘म हतारिएर बाबुलाई समाए र मेरो पनि ४ वोटा औला पोल्यो । हाम्रो घरतिर बस त्यति पाउँदैन अस्पतालसम्म पुग्नको लागि तत्काल गाडी भेटेनौ ।’ पहिला रन्जनाका परिवारले स्वास्थ्य चौकी लगे र त्यहाँ नभएर विर्तामोडको अस्पताल लगियो । त्यहाँ केहि दिन उपचा पछि घाउ निको पार्न डाक्टरले काठमाडौँको सुष्मा कोइराला मेमोरियल अस्पतालमा लान सुझाब दिए ।
अहिले उनी छोराको उपचार सुष्मा कोइराला मेमोरियल अस्पतालमा गराईरहेकी छिन् । अस्पताल ल्याइएको भोलिपल्टै अप्रेशन गरिएको छ र फेरी अर्को अप्रेशनको तयारी गर्नुपर्ने डाक्टरले भनेको उनले बताइन । रायनको एउटा खुट्टा बाङ्गो भईसकेको डाक्टरले बताएका छन् । अहिले थेरापी, औषधी र उपचार खर्च गरेर दैनिक १० हजार जति हुन्छ । खेतीपातीबाट घर धानिरहेकी रन्जनाले यति ठुलो रकम कसरी जुटाउने भनेर अलमल छिन् । आजसम्म ऋण गरेर उपचार गराइरहेकी रन्जनाले आखाँ भरि आसु लिंदै भनिन्, ‘मेरो छोरालाई सकेको सहयोग गरेर अपाङ्ग हुनबाट बचाईदिनुहोस।’
तपाई हाम्रो सानो सहयोगले यो सानो अबोध बालकले नयाँ जीवन पाउने छ । उनलाई सहयोग गर्नको लागि ९८१८२२४९२१ मा सम्पर्क गर्न सक्नुहुन्छ ।





