कपन प्रहरीद्वारा ‘लागु औषध सम्बन्धी जनचेतनामूलक’ कार्यक्रम



१२ फागुन २०७५, काठमाडौं

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको लागु औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम बूढानीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको लिटिल मुन हाई स्कूलमा सम्पन्न भएको छ ।

‘हर प्रहर, गाँउ र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ नेपाल प्रहरीले शुरु गरेको यो अभियान अहिले देशका विभिन्न विद्यालयहरुमा हुँदै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि बूनपा १२ का वडाध्यक्ष भम्भू प्रसाद भट्टराई, विशेष अतिथि कार्यक्रमका विशेष अतिथि महानगरिय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्द, महानगरिय प्रहरी प्रभाग कपनका प्रमुख मीन बहादुर कुँवर लगायत अन्य प्रहरी, शिक्षकशिक्षिका लगायत विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

महानगरिय प्रहरी प्रभाग कपनले बालबालिकाहरुमा लागु औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रमका बारेमा सचेत गराउँदै आईरहेको छ । प्रहरी प्रभाग कपनले विभिन्न विद्यालयहरुमा बालयौन, बालश्रम, बालअपराध, बलात्कार, मावन बेचबिखन तथा बाल हिंसाको बारेमा समेत जानकारी गराउँदै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बूनपा १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराईले समुदायमा यस्तो खालको कार्यक्रम हुनु गौरवको कुरा भएको बताउँदै ‘समुदायमा सकारात्मक काम गर्नेको लागि सम्मान र नराम्रो काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनका लागि बर्दि लगाएका प्रहरीले मात्र नभई बर्दि नलगाएका प्रहरीले पनि सहयोग गनुपर्ने बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि महानगरिय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले नेपाल प्रहरी, स्थानीय तह, मिडिया र समुदायसँग समन्वय गरि यो अभियान अगाडी बढाईएको बताएका थिए ।

प्रनाउ चन्दले कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई समाजमा हिंसा फैलाउने खालका कुनै पनि क्रियाकलापहरु कही कतै भएमा नजिकको प्रहरीलाई जानकारी गराउन समेत आग्रह गरेका थिए ।

कार्यक्रमका विशेष अतिथि बौद्धका प्रहरी नायव उपरिक्षक चन्दले विद्यार्थीहरुलाई हाते पुस्तक समेत हस्तान्तरण गरेका थिए । सो पुस्तकमा बालबालिकाहरुलाई लागूऔषध लगायत विभिन्न किसिमका लतमा पर्नबाट छुटाउने जानकारी गराईएको छ ।

कपन प्रहरी प्रभाग प्रमुख मीन बहादुर कुँवरद्वारा प्रशिक्षण दिईएको लागु औषध दुर्व्यसनी सम्बन्धि कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई भिडियो मार्फत जनचेतना दिईएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मुरारी भण्डारिले सबैसँग मिलेर प्रहरी अगाडी बढेमा प्रहरीको विश्वासनियता बढ्ने बताउँदै यस्ता खालका कार्यक्रम गदैै अगाडी बढ्दा विद्यार्थीहरुमा प्रहरी सँगको सम्बन्ध नजिकको स्थापित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्