
११ फागुन २०७५, काठमाडौं
काठमाण्डौ महानगरपालिका वडा न. १३ स्थित ताहाचल चुली मयजु अजिमा मन्दिर परिसरलाई काठमाडौं क्षेत्र नं ८ स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट रु १५ लाख बजेट बिनियोजित गरिएको छ ।

मन्दिर परिसर संरक्षण र ब्यबस्थित गरि निर्माण कार्य गर्ने सम्बन्धि उपभोक्ता समितिसंग छलफलमा प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठ, काठमाडौं महानगरपालिका वडा नं १३ का वडाध्यक्ष ध्रुव नारायण मानन्धर र स्थानीय जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

छलफलमा सांसद श्रेष्ठले, ‘स्थानीय जनताको चाहना अनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।’






