प्रदेश ३ प्याब्सन अध्यक्षमा थकिन कुमार गुरुङ



१० फागुन २०७५, काठमाडौं

निजि तथा आबासिय बिद्यालय अर्गनाइनाइजेसन नेपाल प्याब्सन प्रदेश ३    अध्यक्षमा थकिन कुमार गुरुङ निर्र्वािचत भएका छन् । प्याब्सन प्रदेश ३ को दोश्रो अधिवेशनबाट गुरुङ सर्वसम्मत रुपमा निर्वा्चित भएका हुन् । ग्रीनल्याण्ड स्कुलका संस्थापक प्रिन्सिपल तथा  उपत्यका प्रदेशका अध्यक्षसमेत रहेका गुरुङ लामो समय देखि प्याब्सनमा सक्रिय छन ।

बरिष्ठ उपाध्यक्षमा केशव लाल श्रेष्ठ तथा उपाध्यक्षहरुमा देशबन्धु अधिकारी, मिन प्रसाद काफ्ले, विजय निरौला, जीवन कला सुब्बा र निरु ढकाल सर्वसम्मत भएका छन् । यसैगरि सचिवमा राममणी सापकोटा तथा सहसचिवहरुमा ऋषिराम नेपाल, अनन्तराम ढकाल, गंगामान व्यञ्जनकार, नारायण भण्डारी र ऐश्वर्या विष्ट रहेका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा भोजराज शाही, सह कोषाध्यक्षहरुमा श्रीकृष्ण श्रेष्ठ, हरिदास श्रेष्ठ र रामचन्द्र अर्याल निर्वा्चित भएका छन् भने सदस्यहरुमा दिपक महर्जन, शंकरप्रसाद भट्ट, संजीव राई, खेमलाल भूषाल, मणीराम वाग्ले, हर्कवीर लामा, मिना प्रधान, अमर श्रेष्ठ, पान बहादुर जीसी, जीवन पन्थी, अञ्जु भट्टराई, पशुपति देवकोटा तथा लक्ष्मी कडेल निर्वा्चित भएका छन् ।

नब निर्बाचित अध्यक्ष गुङले नेपालको शिक्षामा समय सापेक्ष शिक्षाको सुरुवात गर्नु पर्ने उल्लेख गरे । उनले भने हामीले नेपालमा लोकप्रिय भइरहेको निजि विद्यालयहरुको शिक्षा अझ सुधार गरि समय सापेक्ष अझ धेरै ब्यबहारिक र जिबनपयोगी बनाउन आबस्यक छ । निजि बिद्यालयको भावना अनुरुप आफु सधै अगाडी बढ्ने उल्लेख गर्दै नेतृत्वमा सर्वसम्मत बनाउन प्रयास गर्ने सबैलाई धन्यबाद ज्ञापन गरे ।

कार्यक्रममा प्याब्सन केन्द्रीय अध्यक्ष बिजयकुमार सम्बाहम्फे लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्