लागूऔषध सहित ४ जना पक्राउ



१० फागुन २०७५, काठमाडौँ

लाजिम्पाट ईलाकामा लागूऔषध विक्रि वितरण भएको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले खोजतलास गर्दा शंकास्पद अवस्थामा ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले आफ्नो विशेष टोली परिचालन गरि उक्त क्षेत्रबाट राम कुमार लगायत ४ जनालाई नियन्त्रणमा लिई उनीहरुको शरिर खानतलासी गर्दा चरेश जस्तो देखिने २१ किलो लागूऔषध फेला पारेको छ ।

नियन्त्रणमा लिईएका व्यक्तिहरुलाई महानगरीय प्रहरी बृत्त दरवारमार्ग ल्याई थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्