नेपालमा पहिलो पटक जापानीज प्रबिधिबाट उत्पादित श्री स्टील टीएमटी छड बजारमा



०९ फागुन २०७५, काठमाडौं

मजबुत तथा सुदृढ नेपालकोे परिकल्पनामा प्रतिबद्ध केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिज को संयुक्त लगानीमा श्री स्टील टीएमटी उत्पादन शुरु भएको छ ।

प्रमाणित प्रविधिको प्रचुर प्रयोगले मजबुतीमा समर्पित श्री स्टील रुपन्देही जिल्ला को भैरहवा स्थित आफनो कारखानामा जापानी प्रविधिबाट स्वचालित प्लान्टममा उत्पादन हुने टील टीएमटी छड बजारमा आएको छ ।

नेपाल भुकम्पीय जोखिमका दृष्टिकोणले सम्वेदनशील क्षेत्रको रुपमा रहेको र विश्वमा सबैभन्दा बढी भुकम्प आइरहने देश जापानमा निर्मित यो प्रविधि पहिलो पटक श्री स्टील्स प्रा.लि. ले नेपाल भित्रयाएको हो ।

श्री स्टील उच्च गुणस्तरीय प्राइम बिलेटबाट बन्ने हुँदा यो अत्यन्तै भुकम्प प्रतिरोधीे र उच्च लचकता, उन्नत जोडाई, उत्कृष्ट बचत, उच्च शक्ति, अग्निप्रतिरोधक क्षमता,  उत्पादनमा भएको एकनासको तौल तथा लम्बाइको अनुपात एवं विश्वको उच्चस्तरीय जापानी प्रविधि जस्ता प्रमुख ८ विशेषताहरु रहेको कम्पनीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्