सिद्धार्थ बैंकको २ शाखाहरुको औपचारिक समुद्घाटन



०९ फागुन २०७५, काठमाडौं

सिद्घार्थ बैंकको भरतपुर र गैंडाकोट स्थित दुई शाखाहरुको औपचारिक समुद्घाटन सुसम्पन्न भएको छ ।

बैंकको भरतपुर शाखाको उद्घाटन प्रदेश नं ३ का सभासद घनश्याम दहाल, उद्योग वाणिज्य संघ-चितवनका अध्यक्षसहनलाल प्रधान तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरेका थिए ।

बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल, उद्योग वाणिज्य संघ-गैंडाकोटका अध्यक्ष अमृत भट्टचन तथा सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवाल बाट संयुक्त रुपमा भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० ATM  र १,२०० भन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्