लागू औषध खैरो हिरोईन सहित अनिष भण्डारी पक्राउ



०९ फागुन २०७५, काठमाडौं

काठमाडौंको महाबौद्धमा लागू औषध विक्रि वितरण गर्न लागिएको अवस्थामा नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ फुलटेग्रा बस्ने ३६ वर्षका कैलाश चौधरीलाई प्रहरीले शंकास्पद अवस्थामा लागू औषध खैरो हिरोईन सहित पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा प्रहरीले विशेष टोली परिचालन गरी शंकास्पद अवस्थामा निज चौधरीको शरिर खान तलासी गर्दा उनको साथबाट लागूऔषध खैरोहिरोईन ७ ग्राम ६० मिलिग्राम, नगद रु.४८,०००/– र मोबाईल थान–२ बरामद गरेको छ ।

लागू औषध कारोवारी चौधरीको साथबाट बरामद गरिएको लागूऔषध, नगद तथा मोबाईल नियन्त्रणमा लिई महानगनरीय प्रहरी वृत्त स्वयम्भुले अहिले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्