
०९ फागुन २०७५, काठमाडौं
भारतको गुजराज अमरेली जिल्ला स्थित प्रकाश नाम गरेका २३ वर्षे युवा रातको समयमा आफ्नो प्रेमिका भेट्न गएका थिए । रातीको समयमा घरमा आउने युवक छोरीको प्रेमी भन्ने प्रेमिकाको परिवारले थाहा पाएपछि पुरै सदस्यले योजना बनाएर राम धुलाई गर्नको साथै चक्कुले नाकै काटिदिएका छन् ।
आफ्नो प्रेमिकालाई राती-राती भेट्न जानु यो युवकको जीवनमा संसारकै महँगो भएको छ । सधै प्रेमिकालाई राती भेट्न जाने गरेका ती युवालाई परिवारले रंगेहात भेटेपछि उनको नाकै काटिदिए । अहिले युवकको उपचार भइरहेको छ ।
पिडक परिवार चार जनालाई प्रहरीले प्रकाउ गरेर अनुसन्धान गरिरहेको छ । प्रकाउ पर्नेमा युवतीको बाबा, आमा, दाजु, काका रहेका छन् ।





