
०९ फागुन २०७५, काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष दीपेन्द्र लामाले सरस्वतीनगरमा ओस्कार बचत तथा ऋण सहकारी संस्थाको एक विशेष समारोहका विच समुद्घाटन गरेका छन् ।
“हिजोको बचत आजको पूँजी, आजको पूँजी भोलिको लगानी” भन्ने मुख्य नारा सहित संस्था अगाडि बढ्ने लक्ष्य लिईएको संस्थाका अध्यक्ष रोजन गुरुङले बताएका छन् ।
उनी भन्छन्, “संस्थाको मूलभुत उदेश्य संकलित निक्षेपलाई व्यवसायी एवं उद्यमशील सदस्यहरुको उद्यम तथा व्यवसाय प्रबर्द्धनको लागि सुलभ व्याजदरमा कर्जा प्रवाह गर्दे अगाडी बढ्नेछ ।”
समाजमा छरिएर रहेका विभिन्न किसिमका रकमलाई एकिकृत गरि सर्वसुलभ व्याजमा सदस्यहरुलाई लगानी गर्ने मूख्य उद्देश्य रहेको संस्थाका सचिव पेशल कुमार पहाडीले बताएका छन् ।
संस्थाको शेयर पूँजी
ओस्कार बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी पाँच करोड कायम गरि सो रकमलाई क्रमिक रुपमा सदस्यहरु माझ शेयर वितरण गरि चुक्ता पूँजिमा परिणत गर्दै लैजाने ।





