
०९ फागुन २०७५, काठमाडौं
नेपालमा यतिखेर शैक्षिक क्षेत्रमा ठुलो बहस भईरहेको छ । उच्चस्तरिय राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदनले बिद्यालयहरुलाइ पूर्णतया गैरनाफामुखी बनाउने उद्देश्यका साथ प्रतिवेदन आएको र उक्त प्रतिवेदनका आधारमा चर्को बहस भइरहेका छन् ।
नीजि बिद्यालय संचालकहरुले आफुहरुलाई आबश्यकता पर्दा प्रयोग गरेको, आफुहरु शैक्षिक योगदानलाई अबमुल्यन गरेको, करोडौंको लगानी तथा सो सङ्ग जोडिएको अर्थतन्त्र, रोजगार लगायतका बिषयहरुमा चर्को बहस भईरहेको छ । यस्तो परिस्थितिमाझ प्याब्सनको केन्द्रिय महाधिवेशन फागुन २८ र २९ गते हुन गईरहेको छ ।
हामीले नीजि बिद्यालय संचालक तथा प्याब्सनमा क्रियाशील शिक्षासेवीहरुलाई केन्द्रिय नेतृत्व कस्तो हुनुपर्छ भनी सोधेका थियौ ।

गोपाल आचार्य पुर्व अध्यक्ष प्याब्सन काठमाडौं ।
नीजि बिद्यालय यतिखेर जटिल अबस्थाबाट गुज्रिरहेका छन् । यो मुलुकमा अहिले आठहजार पाँच सयको हाराहारीमा नीजि बिद्यालय छन् यी बिद्यालयको अस्तित्वको रक्षा गर्न सक्ने, सबैलाइ समेट्न सक्ने सरकारसँग सोही प्रकारको ट्याकल गर्न सक्ने परिस्थिति बुझेर काम गर्न सक्ने हामी सबैको मर्म भाबनालाइ बुझ्न सक्ने, बिद्यार्थि र अभिभावकको मन जित्न सक्ने किसिमको नेतृत्व चाहिन्छ । अहिले जति पनि कानुन बुझ्न सक्ने सरकारको मनोबिज्ञान बुझ्न सक्ने, सबै प्रकारले बहस गर्न सक्ने राजनितिलाई बुझ्न सक्ने, नीजि बिद्यालयको यत्रो ठुलो संगठनलाई हाक्न सक्ने परिस्थिति जस्तोसुकै आएपनी त्यसलाई जुझारु तरिकाले समाधान गर्न सक्ने, परिस्थिति आए आन्दोलनको विकल्पलाई निर्णायक बनाउन सक्ने किसिमको नेतृत्व आउन जरुरी छ ।

प्रह्लाद खनाल सचिव प्याब्सन जिल्ला कार्य समिती काठमाडौं
पार्टीको झण्डा बोक्ने र प्याब्सनलाई पार्टीको भातृ संगठन ठान्नेहरुले पार्टीको हित मात्रै सोच्छन् भन्ने डर रही रहन्छ । जिन्दगी उत्सर्ग गरेर बनाएको संस्थालाई बचाउने, पेशागत हितमा बोल्ने सोच्ने र काम गर्ने नेतृत्व चाहिन्छ । बिगत र बर्तमानको विश्लेषण गरेर मात्र कसलाई पत्याउने भन्ने निश्कर्ष निकाल्नुपर्छ । हाम्रो समाजमा बोली हैन कामको खाँचो छ ।

सुर्य भण्डारी सहसचिव जिल्ला कार्य समिती काठमाडौं
नेतृत्व परिस्थितिलाई फेस गर्न सक्ने किसिमको हुनुपर्छ । पहिलो कुरा त नेतृत्व सर्वसम्मत हुनुपर्छ भन्ने विषयमा मेरो धारणा हो यद्यपि चुनावबाट आएपनी नेतृत्व दिन सक्ने आउनुपर्छ । मैले भन्न खोजेको अहिलेको समयमा बहस गरि आफ्नो कुरा राख्नसक्ने सरकारसँग लबिङ्ग गर्न सक्ने नेतृत्व आउनुपर्छ । नेतृत्वको सन्दर्भमा मैले देखेको नेतृत्व टीका पुरी सर आउनुपर्छ भन्ने हो । उहाँले नीजि बिद्यालयको आजको अवस्थालाई समाधान दृढ निश्चयताका साथ गर्न सक्नु हुन्छ जस्तो मलाई लाग्छ ।

लोकेन्द्र खड्का प्याब्सन सहसचिव काठमाडौं सहसचिव
नीजि बिद्यालयको हकहित र अधिकारको रक्षा गर्न सक्ने सबल नेतृत्व चाहिन्छ । सबै नीजि बिद्यालयलाई गोलबन्द गर्न सक्ने, सरकारलाई झक्झक्याउन सक्ने एकेडेमीक र परि आएको बेलामा नीजि बिद्यालयको पक्षमा निर्णय लिन सक्ने नेतृत्वको खाँचो मैले देखेको छु ।





