तीन महिला गाँजासहित पक्राउ



०९ फागुन २०७५, काठमाडौँ

धनुषा जिल्लाबाट प्रतिबन्धित लागू औषध गाँजासहित तीन महिला पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको बटार–३ की २६ वर्षीया कल्पना परियार, पर्साको औराहा–१ की ४० वर्षीया ४० की जितनी चौधरी र ३५ वर्षीया कुलमती चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरुलाई जनकपुरधाम उप–महानगरपालिका २३ स्थित जनकपुरबाट जलेश्वर जाने सडकखण्डको जिरोमाइलबाट पक्राउ गरिएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिईएको छ।

प्रहरीले पक्राउ परेका तीन जनै महिलाको साथबाट पाँच पाँच किलो गाँजा बरामद गरेको बताएको छ।

पक्राउ परेको तीनै जनालाई जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्