कलश यात्रासँगै शिवमहापुराणको सुरुवात



०८ फागुन २०७५, इटहरी

सुनसरीको इटहरी उपमहानगरपलिका वडा नम्बर ४ मा रहेको माता मनकामना मन्दिरको संरक्षण तथा प्रवर्द्धनका लागी भन्दै पहिलो दिन शिव महापुराणको कलश यात्रा गरिएको छ ।

ऐतिहासिक महत्व बोकेको मन्दिरबाट पन्चे बाजा सहित निकालिएको कलश यात्रामा थारु महिला, विद्यार्थी लगायतका भक्तजनहरुको सहभागिता रहेको थियो । कलश यात्रा गंगाजमुना मुक्तिघाटबाट जल लिएर, राधाकृष्ण शिव मन्दिर इटहरी हुँदै पुनः मनकामना मन्दिर सम्म पुगेर टुंगिएको थियो ।

बिहिवार मण्डप पुजन र शुक्रवारवाट कथा वाचन हुने शिवमहापुराण २० गतेसम्म संचालन हुनेछ । बि.स. २०५२ सालमा गोरखा जिल्लाको मनकामना मन्दिरबाट दियो र कलशको संकल्प गरेर स्थानीय रामबाबु नेपाल लगायतका व्यक्तिहरुले ल्याएर इटहरीमा मन्दिरको स्थापना गरेका थिए ।

शिवमहापुराण ज्ञान महायज्ञको सुरुसंगै मन्दिरको प्रचारप्रसारमा सहयोग मिल्ने संचार संयोजक बिजया प्याकुरेलले बताईन् । पौराणिक तथा धार्मीक महत्व राख्ने यस्ता धरोहरहरुको संरक्षण गर्न सके स्थानीय क्षेत्रमा पर्यटनको बिकाससँगै ऐतिहासिक क्षेत्रको महत्व हुने प्याकुरेलले वताईन ।

शिव महापुरणको कथा वाचक पण्डित सम्राट गौतम र पाठ वाचक पण्डित नरनाथ खनालले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्