मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ सेवा केन्द्र सुन्धारास्थित जेडिए कम्प्लेक्समा



०८ फागुन २०७५, काठमाडौं

कुलेश्वर काठमाडांैमा प्रधान तथा बैंकिङ्ग कार्यालय रहेको श्री मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रथम बिस्तारित सेवा केन्द्र थप गरको छ । बिस्तारित सेवा कार्यालय काठमाण्डौं सुन्धारास्थित  जे. डि. ए. कम्प्लेक्समा आज एक समारोहका बीच  संस्थाका अध्यक्ष जनक बहादुर धामीको सभापतित्व एवं  प्रमुख अतिथी काठमाण्डौ महानगरपालिका सहकारी संस्था विभागका निर्देशक नवराज ढकालले संयुक्त रुपमा समुद्घाटन गरियो ।

उद्घाटन मन्तव्य दिदैं प्रमुख अतिथि ढकालले राज्यको सहकारीले ‘समृद्ध नेपाल सुखी नेपाली नारा साकार पार्न सहकारीहरुले सिमान्त परिवार सम्म आफ्नो सेवा विस्तार गरी रोजगारीको सृजना गर्नुपर्ने र सन् ६० ताका  हाम्रो भन्दा कमजोर आर्थिक अवस्था रहेको गणतन्त्र कोरिया समेत हाल कृषि तथा अन्य रोजगार मुलुक व्यवसायमा ९० प्रतिशत भन्दा बढी सहकारीताको अवधारणा अनुरुप अगाडी बढिरहेका बताए । उनले सहकारीहरुलाई  कार्यदक्षताको आधारमा एसियाली विकास फण्डबाट पुरस्कृत हुने व्यवस्था अनुरुप यस मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट भए गरेका क्रियाकलापहरु हेर्दा उक्त संस्थाबाट पुरस्कृत हुन सक्ने गरी अझै बढि प्रभावकारी कार्यक्रमहरु अगाडी बढाउने विश्वास समेत व्यक्त गरे ।

अध्यक्षले आफ्नो मन्तव्यमा कुलेश्वर र कालिमाटकिा व्यापारी साथीहरु मिलि आज भन्दा १२ वर्ष अगाडी सुरु गरिएको यस संस्था आज ९ करोड बढी लगानी गर्न सफल भएको जानकारी गराउदैं, अब यस सुनधारा शाखाले न्युरोड, त्रिपुरेश्वर, टेकु, ठमेल लगायत आसपासका क्षेत्रका व्यापारी, उद्योगीहरुमा सेवा पुर्याउने अवसरको पूर्ण सदुपयोग गर्ने बचन बद्धता व्यक्त गरे ।

कार्यक्रममा व्यापारी भवानी शङ्कर मिण्डा, सन्तोष खेताङ, रबिन्द्र अग्रवाल, सुरेन्द्र अग्रवाल, मनोज कुमार गुप्ता, राजकुमार गुप्ता, रमेश सिंहानिया, उमेश महेश्वरी, राम प्रसाद पाण्डे, वेनुघर शर्मा, ईश्वर गोपाल श्रेष्ठ, लिल बहादुर खड्का, जीवन धानुका लगायतका व्यापारीहरुको पनी उपस्थितीमा भव्य उद्घाटन कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्