
०८ फागुन २०७५, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले काठमाण्डौ महानगरपालिका वडा न. १५ स्थित स्वयम्भु परिक्रमा गर्ने मुलबाटोको निरीक्षण गरेका छन् ।

स्थानीयको गुनासो बढेपछि सांसद श्रेष्ठ सहित प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्य, काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोल, वडा सदस्यहरु, जेष्ठ नागरिक, स्थानीय जनसमुदाय र ठेकेदार समेतको उपस्थितीमा निरिक्षण भएको थियो ।

कालोपत्रे गर्न ढिलाईका कारण स्थानिय तथा धर्मालम्बीहरुलाई पर्न गएको समस्यलाई लिएर सांसद श्रेष्ठले आउँदो बैसाख मसान्तसम्ममा सडक कालोपत्रे गर्न सम्बन्धित निकायसँग छलफल भईसकेको समेत जानकारी गराए ।

सांसद श्रेष्ठले सडक निर्माणको ठाउँमा नेपाली सेनाको बारूदखाना कार्यालयको प्रतीक्षालाय रहेकोेले स्थानान्तरण गर्न सेनाको प्रतिनिधिसँग समेत छलफल तथा सडकको काम सुचारु गर्ने सहमति भईसकेको जानकारी स्थानीयलाई गराएका थिए ।

सडक निरीक्षण पश्चात ठेकेदारलाई छिटोछरितो र गुणस्तरीय सडक निर्माण गर्न निर्देशन गर्न निर्देशन दिईएको थियो ।






