बढ्यो महिलामाथि हुने हिसां, सात महिनामा १६९ उजुरी !



०७ फागुन २०७५, काठमाडौँ

कपिलवस्तुमा पछिल्लो समयमा महिला हिंसाका घटना बढ्न थालेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ को तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म महिला हिंसाका १६९ वटा उजुरी परेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ का उप–सचिव पवन भट्टका अनुसार उक्त तथ्यांकमा हिंसामा पर्नेहरु अझै छुटेको बताएका छन् ।
विभिन्न हिंसामा परेर पनि महिलाले हिंसा सहने हुँदा धेरै घटना बाहिर नआएको उनको भनाई छ ।

शिवराज नगरपालिकाकी उप–प्रमुख शिवकुमारी थारुले महिलाहरु हिंसाविरुद्ध अन्तिम अवस्थामा मात्रै प्रहरीकोमा उजुरी गर्न जाने भएकाले तथ्यांक निकै कम देखिएको बताइन् ।

धेरैजसो हिंसाका घटनाहरु परिवारको दवाबमा प्रहरीकहाँ नपुगी मिल्ने गरेको उनको भनाई छ ।
पछिल्लो समय न्यायिक समिति गठन भएपछि हिंसाका घटना बाहिर आउन थालेको उप–प्रमुख थारुले बताइन् ।

महिला हिंसामा घटनामध्ये १० प्रतिशत मात्रै बाहिर आउने गरेको महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष मीना परियारले बताएकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्