
०८ फागुन २०७५, काठमाडौँ
अनामनगर भाटभटेनीबाट नैकाप जाँदा ट्याक्सीमा छुटेका तीन लाख बराबरका सुनका गरगहना एक ट्याक्सी चालकले फिर्ता दिएका छन् ।
बुधबार बिहान नैकाप जाँदा वाझकटेरी ३ गुल्मीकी वसन्ता भुसालले ट्याक्सीमै छुटाएको गरगहना सुनसरी धरान १९ चौकीबारी घर भई हाल पुरानो बानेश्वर भिमसेनगोला बस्ने ट्याक्सी चालक सिमल राईले फिर्ता गरेका हुन् ।
राईले चलाउँदै आएको बा २ ज २२७९ नम्बरको ट्याक्सीमा भुसालको सुनका गहाना छुटेको थियो ।
उक्त गहना चालक राईले फेला पारी महानगरीय ट्राफिक महाशाखा रामशाहपथमा बुझाई दिएका थिए ।
ट्राफिक प्रहरीले उक्त सुनका गरगहना उनकै बहिनी सोनिया भुसाललाई हस्तान्त्रण गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हाल ट्याक्सीमा छुटेका सामाग्री फिर्ता बुझाउने प्रवृति बढेको छ ।





