
०७ फागुन २०७५, काठमाडौं
गत शुक्रबारदेखि प्रदर्शनरत नेपाली चलचित्र बुलबुलको पोस्टरमाथि प्रहरीको नजर परेको छ । उक्त पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरिएको जनगुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको हो ।
कानूनसम्वत, कुनै पनि मदिराजन्य पदार्थको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो ।
प्रहरीकोे जानकारी अनुसार छलफलपछि फिल्म निर्माण पक्ष पोस्टर हटाउन सहमत भएको छ । फिल्ममा स्वस्तिमा खड्का, बुद्धि तामाङ, मुकुन भुषाल लगायतको अभिनय रहेको छ ।





