काठमाडौं जिल्ला प्याव्सनमा हरिकृष्ण श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित



०४ फाल्गुन २०७५, काठमाडौं

नीजि तथा आवसीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याव्सन काठमाडौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनले हरिकृष्ण श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्यसमितिको सर्व–सम्मतिले चयन गरेको छ । उक्त अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रामबहादुर केसी, उपाध्यक्षहरुमा प्रेम राई (परिक्षित), गोपाल भण्डारी, रिता राई दाहाल लाई चयन गरेको हो । त्यस्तै सचिबमा प्रल्हाद प्रसाद खनाल , सह–सचिवहरुमा सुर्य भण्डारी, लोकेन्द्र बहादुर खड्का, प्रेमा राई र अशोक दाहाल रहेका छन् ।

त्यसैगरी कोषाध्यक्षमा नवराज भट्ट र सह–कोषाध्यक्षमा आरबी अधिकारीलाई चयन गरेको हो ।

कार्यक्रमका प्रमुख अथिती झलनाथ खनालले नीजि विद्यालयहरुको योगदानलाई राज्यले सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले भने, ‘लामो समयदेखि नीजि विद्यालयहरुले नेपालको शैक्षिक विकासका लागि काम गरिरहेको र नीजि विद्यालयहरु राज्यका सहयोगी भएकोले नीजि क्षेत्रका विद्यालयहरुको शैक्षिक योगदानलाई राज्यले सम्बोधन गर्नुपर्छ, ‘नीजि विद्यालयलाई राज्यले नकार्नु हुँदैन ।’

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्याव्सन केन्द्रीय अध्यक्ष विजय कुमार सम्बाहाम्फेले राज्यले आफ्ना विद्यालयहरुलाई राम्रो बनाउन छोडेर नीजि विद्यालयहरुलाई अंकूश लगाउन नहुने विचार व्यक्त गरे । ‘हामी निरन्तर छलफलको क्रममा छौं, लामो समयसम्म नेपालमा नीजि विद्यालयको आवश्यक्ता रहन्छ । सबै नीजि विद्यालय संचालकहरुले ढुक्कले लगानी गर्न नडराए हुन्छ ।’ उनले भने ।

परिवर्तन खबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्याव्सन जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले नीजि विद्यालयहरुलाई चौतर्फी आक्रमण भईरहेको कत्तिपयले शैक्षिक माफिया भनिरहेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले नीजि विद्यालयको अस्थित्व समाप्त पार्ने भनिरहेको जस्ता कुराहरुले नेपालमा शिक्षा क्षेत्रमा नीजि विद्यालयहरुको योगदानलाई अवमुल्यान गर्न खोजिएको दावी गरे ।

उनले भने, ‘हामी कसरी शैक्षिक माफिया हुन सक्छौं ? हाम्रो योगदानलाई कदर गुर्नको साटो बारम्बार किन अवमुल्यन गर्ने प्रयत्न गरिन्छ ? जत्तिबेला आवश्यक्ता थियो, शिक्षा क्षेत्रको विकासको लागि, त्यत्तिबेला हामीले योगदान गर्यौं , त्यस्तो बेलमा सारा अभिभावकको रोजाईमा हामी पर्यौं, हामीले दिएको शिक्षा नै गुणस्तरीय थियो । अहिले नै हामी के कारणले बेठिक भर्यौं ?

साथै कार्यक्रममा विभिन्न शिक्षासेवीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्