पशुपतिको गीतको चर्चा कतारमा पनि, ‘अलजजिरा’ले लख्यो ‘धम्कीपछि गीत हट्यो !’



०७ फाल्गुन २०७५, काठमाडौं

‘पशुपति शर्मा’ नेपालका एक लोकदोहोरी गायक हुन् ।

उनको गीतले नचाउँदैन मात्रै, समाजमा रहेको कुरीति, कुसंस्कार, विकृति विसंगति तथा अन्य समस्याहरुलाई पनि जस्ताको तस्तै उठान गर्ने गर्दछ ।

गत ०२ फाल्गुनमा सार्वजनिक उनको गीत ‘लुट्न सके लुट कान्छा’ ले भने नेपालमा धेरै हलचल ल्यायो । विशेषगरि राजनीतिमा रहेका व्यक्तिहरुलाई गीतको माध्यमबाट छक्का प्रहार भएको उनको गीतमा हामी सुन्न सक्छौं ।

गायक शर्माले आफ्नै युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरेको थिए ।

यो पनि हेर्नुहोस् !

‘लुट कान्छा लुट’ गीतको प्रभाव : पशुपतिमय नेपालको बारेमा कसले के भन्छ ? (भिडियो सहित)

तर, त्यसपछि ठिक २ दिनपछि उनाई दबाव सिर्जना गरी युट्युबबाट सो गीत हटाउन लगाईएको संचार माध्यमहरुले समाचार बाहिर ल्याईरहेका छन् ।

तर, यो विषय यता नेपालमा सेलाईरहँदा उता कतारको चर्चित खबर पोर्टल ‘अलजजिरा’ ले भने समाचार प्रकाशन गरेको छ ।

यत्तिबेला गायक शर्माको पक्षमा धेरै मानिसहरु देखिन थालेका छन् ।

के लेख्यो ‘अलजजिरा’ ले ? तल क्लिक गर्नुहोस्

‘अलजजिरा’ समाचार !

प्रतिक्रिया दिनुहोस्