अज्ञात समूहद्वारा एकेडेमी बोर्डिङ स्कुलको बस तोडफोड



०७ फागुन २०७५, काठमाडौँ

त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्ट्याण्डर्ड भिजन एकेडेमी बोर्डिङ स्कुलको बस सोमबार राति अज्ञात समूहले तोडफोड गरेको छ ।

स्कुलअगाडि राखिएको ना ३ ख ३५१९ नम्बरको बसको अगाडीको सिसा फुटाइएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी चन्द्रदेव राईका अनुसार ढुंगा हानी बसको अगाडिको सिसा फुटाएको हो ।

‘बसको अगाडिको सिसा फुटाइएको छ,’ उनले भने, ‘कसले तोडफोड गर्यो भन्ने खोजी भइरहेको छ ।’

नेशनल प्याब्सनका पूर्वअध्यक्ष तथा स्कुल सञ्चालक उत्तम रिजालले विद्यालय बस तोफोड गर्ने काम निन्दनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्