‘बिबीएल’पछि सन्दीपको यात्रा ‘पिएसएल’को लागि तय !



०७ फाल्गुन २०७५, काठमाडौं

सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक शसक्त सदस्य हुन् । पछिल्लो समयमा उनको विश्व क्रिकेटमा पनि उस्तै जमात देखिन्छ ।
उनले अहिलेसम्म १० भन्दा बढि फेन्चाईच लिगहरु खेलिसकेका छन् ।

जसमा भर्खरैमात्र बिबीएल सकाएका सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल) खेलका लागि पाकिस्तान पुगेका छन् ।

उनी अस्ट्रेलियाको बिग बास लिग (बिबीएल) को फाइनल खेलेर (बिबीएल)का लागि दुबई पुगेका हुन् । बिबीएलमा सन्दीप अनुबन्धित टोली मेलवर्न फाईनलमा पराजित भएको थियो ।

सन्दीप पिएसएलमा लाहोर क्वालान्डर्ससँग आबद्ध छन् । उनी उनी आवद्ध लाहोर टोलीमा फखर जमान, दक्षिणी खेलाडी एबी डिलीभियर्सलगायतका ख्यातीप्राप्त खेलाडीहरु रहेका छन् ।

आगामी १७ मार्चसम्म यूएई र पाकिस्तान हुने पिएसएलमा ६ टोलीहरुबीच प्रतिस्पर्धा हुने बताईएको छ । जसमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर क्वालान्डर्स, पेसावर जल्मी, क्यउटा ग्लाडिएर र मुल्तान सुल्तान रहेका छन् ।

सन्दीपको टिम लाहोरले सुरुवाती ३ खेल खेलिसकेको छ । ३ मध्ये २ खेलमा पराजित लाहोर अंक तालिकाको पुछारमा छ । लाहोरको चौथो खेल आगामी शुक्रबार मुल्तान सुल्तानविरुद्ध छ । सो खेलमा डेब्यू गरेमा सन्दीप नवौं विदेशी फ्रेन्चाइज खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्