अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगितामा नेपाली चेली अदितिलाई ठूलो सफलता



०६ फागुन २०७५, काठमाडौं

केही दिन अघि भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’मा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएकी अदिति अधिकारीलाई ठुलो सफलता हात पारेको छ ।

उनले प्रतियोगितामा ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’को दुई महत्वपुर्ण उपाधि नेपाल हात पारेकी छिन् ।

नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरुको सहभागीता रहेको प्रतियोगितामा शिर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।

‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता समेत रहेकी अदितिले प्रतियोगिताबाट आफुले धेरै कुरा सिकेको बताइन् । उनले ‘मिस सुपर मोडल ग्लोव २०१९’मा  नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाकहरु प्रस्तुत गरेकी थिईन ।

 

प्रतिक्रिया दिनुहोस्