
०६ फागुन २०७५, काठमाडौं
भनिन्छ मृत्युको मिति कसैले बताउन सक्दैन, तर बेलायतमा शोधकर्ताले यस्तो एउटा महत्वाकांक्षी परियोजनामा काम गरिरहेका छन् जो विशाल आकडाहरुको आधारमा तपाईलाई बताउँनेछ कि कहिले तपाईको जीवनको दिन पुरा हुनेछ ।
मिडिया रिपोर्टअनुसार यसमा एउटा साधारण कम्प्युटर टेस्ट हुनेछ जो कुनै पनि व्यक्तिको बारेमा यो बताउँनेछ कि अब उ कति समयसम्म जिवित रहनेछ । यो कम्प्युटर टेस्टले आफ्नो विशाल आकडाका आधारमा आफ्नो मृत्युको दिन जान्ने व्यक्तिलाई बताउँनेछ कि कहिले उसको जीवनको दिन पुरा हुदैछ ।
बेलायतको इस्ट ऐंगलिया यूनिवर्सिटीको टीमले स्वास्थ्यसँग जोडिएका आँकडाहरुको आधारमा यस्तो तरिका विकसित गर्नका लागि काम गरिरहेको छ । जसमा कति बाच्छ भनेर मानिसको उमेरका बारेमा अन्दाज लगाउन सकिनेछ । जसले मानिस आफ्नो समय र पैसा बढी सम्झेर खर्च गर्न सकोस् । एजेन्सी





