
०६ फागुन २०७५, काठमाडौँ
नेपाली कांग्रेसका सांसद डा अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् ।
उनले जनताको बोली गायकले बोलेको भन्दै पुरस्कारको घोषणा गरेका छन् ।
फागुन महिनाको तलबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्दछुू सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अमरेशले भने ।
उनले दुई तिहाइको विरोधमा गीत बनाउन पाइन्छ भनेर सरकारले प्रतिबन्ध लगाउन खोजेको पनि आरोप लगाए । सांसद उमाशंकर अग्ररियाले गायक पशुपति शर्माको लुट कान्छा लुट गीत उच्चारण गर्दै धनुषामा ठूलो रकम घोटाला भएको बताए ।





