
०५ फागुन २०७५, काठमाडौं
गिरिजाप्रसाद कोइराला फाउन्डेसन, जिल्ला कार्य समिति पर्साको आयोजनामा भएको कार्यक्रममा कांग्रेस महामन्त्री शशांक, नेता शेखर कोइराला र जीपी कोइराला फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालालाई एक सय २१ किलोको एउटै माला लगाएर सम्मान गरिएको थियो ।
फाउन्डेशनले वीरगञ्जको आदर्शनगरस्थित बाल मन्दिरमा लोकतन्त्र शान्ति र विकासका लागि फोटो प्रदर्शनी, विचार गोष्ठी तथा कार्यालय उद्घाटन समारोह आयोजना गरेको थियो । फोटो प्रदर्शनीमा कोइरालाको तस्वीरहरु राखिएको थियो ।
‘विगार्ने भत्काउने मान्छेहरु होलान् तर, हामी सबै मिली सल्लाह गरेर काम गर्ने प्रतिवद्धता जनाएका थिए ।’ कांग्रेसमा आन्तरिक कलह र गुटबन्दी अन्त्य नभएसम्म पार्टी कमजोर रहने उनको दाबी छ ।





