बालउद्धारको ‘अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताह २०७५’ शुरु



०५ फागुन २०७५, काठमाडौ

बालउद्धार माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप तथा खेलकुद सप्ताह २०७५ शुरु भएको छ ।

उद्घाटन खेल सप्ताहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति काठमाडौंका अध्यक्ष धु्रवराज न्यौपाने, विषेश अतिथि जिल्ला खेलकुद विकास समिति काठमाडौंका उपाध्यक्ष बद्रि भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद बजागाँई, विद्यालयका प्रधानाध्यापक विनोद पण्डित, शिक्षकहरु डोर प्रसाद आचार्य, राजन रेग्मी लगायतले विद्यार्थीलाई भलिबल हस्तानान्तरण गरेर खेलको उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष न्यौपानेले पहिला खेलकुदमा लाग्नु बालुवामा पानी हाल्नु जत्तिकै रहेको बताउदै अहिले विश्व सामु चिनिन खेलकुद महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रमका विशेष अतिथि उपाध्यक्ष भट्टराईले शिक्षा र खेलकुदको प्रमाणपत्र लिएर विश्वको जुनसुकै ठाउँमा गए पनि आफ्नो सिर झुकाउन नपर्ने धारणा व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद बजागाँईले खेलाडीले ध्यान दिएर राम्रोसँग खेल खेल्दा एक जना व्यक्तिले आफु मात्र नभएर देशलाईनै विश्व सामु चिनिन सकिने बताएका थिए ।

बालउद्धार माध्यमिक विद्यालयको अतिरिक्त त्रियाकलाप तथा खेलकुद सप्ताह २०७५ को सल्लाहकार तथा संयोजक राजेन्द्र बुढाथोकी रहेका थिए भने उपसंयोजक मुरारी प्रसाद ढकाल रहेका थिए ।

आज उद्घाटन भएको खेलकुद सप्ताहमा भलिबल, फूटबल, बेलुन फुटाई, बोरा दौड, रिले दौड, १००–२०० मि दौड, टेबल टेनिस, बक्तित्वकला, गायन र नृत्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्