‘लुट कान्छा लुट’ गीतको प्रभाव : पशुपतिमय नेपालको बारेमा कसले के भन्छ ? (भिडियो सहित)



०५ फाल्गुन २०७५, काठमाडौं

अहिले देश पुरै पशुपतिमय बनेको छ ।

आफ्नो पर्शनल युट्युब च्यानलमा अपलोडेड भिडियो, गायक पशुपति शर्माले शनिबार साँझ हटाउन बाध्य भए । गत बिहिबार अपलोड भएको ‘लुट कान्छा लुट’ गीत किन? हटाईयो ? त ?
गायककले आफखुशी हटाए? अवथा कसैको दबावमा ?

केही मिडियाहरुमा आएका समाचारहरुमा भनिएको छ । त्यहाँ राजनीतिमा सम्बद्ध व्यक्तिहरुको दबाव थियो । जसका कारण सो गीत युट्युबबाट हटाईएको हो ।

यो गीतलाई युट्युबबाट हटाईए पनि अन्य सामाजिक संजालमा भने, झन झनै सेयर भईरहेको छ ।

विशेष गरि गीतमा राजनीतिक व्यक्तित्वहरुलाई छक्का प्रहार भएको सुन्न सकिन्छ ।

गत बिहिबार मात्र गायक पशुपति शर्माले आफ्नो पर्शनल युट्युब च्यानलमार्फत गीतलाई सार्वजनिक गरेका थिए ।

तर, त्यसको ठिक दुई दिनपछि शनिबार, साँझतिर उनले युट्युबाट सो गीतलाई हटाउँन बाध्य भएका थिए ।

गायक र गीत !

देशमा भएको विकृति विसंगती, देश बनाउने नेतामा भएको कमी कमजोरी, देशमा व्याप्त समस्या तथा अन्य समसामयिक विषयलाई गीतको माध्यमबाट बलियो रुपमा व्याङ्ग्यात्मक छक्का हान्ने एक लोक गायक हुन्, पशुपति शर्मा ।

नेपाली सांगीतिक क्षेत्रमा एक चिर–परिचित नाम हो । ‘पशुपति शर्मा’ । उनले विशेषतः नेपाली समाजमा व्याप्त विकृतिहरुलाई उठाएर व्याङ्ग्यात्मक प्रहार गर्छन् ।

यहि क्रममा गत ०२ फाल्गुनमा सार्वजनिक भएको शर्माको गीत हो । ‘लुट कान्छा लुट’ ! सो गीतलाई लिएर अहिले सामाजिक संजालहरुमा विभिन्न व्यक्तिहरुले विभिन्न तर्कहरु गरिरहेका छन् ।

गीतमा विशेषगरि राजनीतिकका व्यक्तिहरुलाई व्याङ्ग्यात्मक शैलीबाट छक्का प्रहार गरिएको छ ।

के थियो त गीतमा ?

शर्माको गीतमा सरकारी विद्यालयमा जागिर गर्ने शिक्षकले आफ्नो छाराछोरीलाई आवशीय विद्यालय पठाउने, सरकारी अस्पतालका चिकित्सकले आफ्नो नीजि क्लिनिकमा विरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै राजधानीमा घर ठड्याएको, वाईडबडि प्रकरण, सुन काण्ड, तथा अन्य विषयवस्तुलाई गीतले उठान गरिएको थियो ।

सो गीतलाई विषय बनाएर सामाजिक संजाहरुमा अहिले विभिन्न टिका टिप्पणीहरु भईरहेका छन् । सामाजिक संजालमा विभिन्न टिका टिप्पनी गर्नेहरुमा विद्यार्थीहरुदेखि लिएर राजनीतिक क्षेत्रमा होमिएका व्यक्तिहरुसम्म छन् ।

यहाँ केही विचाराधिन व्यक्तित्व तथा संस्थाहरुको सो गीतप्रतिको विचारलाई जस्ताको तस्तै हेरौं ।

गीतको बारेमा नयाँ शक्ति !

बाबुराम भट्टराईको नयाँ शक्ति नेपालले शर्माको गीतलाई समर्थन गरेको छ ।

नयाँ शक्तिले आफ्नो ट्वीटरबाट गीतको समर्थन गरेको हो ।

जहाँ भनिएको छ ।

‘सु–प्रसिद्ध लोक गायक पशुपति शर्माको व्याङ्ग्यात्मक गीत ‘लुट कान्छा, लुट’ यो गीतले साँच्चै नै हालको देशको हालतलाई चित्रण गरेको छ । यसरी देशलाई लुट्ने कसैलाई छुट छैन ।

लोकतन्त्रमाथिको प्रहार : विवेकशील साझा भन्छ !

बिहिबार सार्वजनिक शर्माको गीतलाई विवेकशील साझाले लोकतन्त्रमाथिको प्रहार भनेको छ । आईतबार, पार्टीका प्रवक्ता मिलन पाण्डेले एक विज्ञप्ती जारी गर्दैै युट्युबबाट हटाउन लाईनु लोकतन्त्रमाथिको प्रहार भनेको हो ।

“हामी आफु असहमत रहेको विचारको अभिव्यक्तिलाई समेत निर्वाध रुपमा व्यक्त गर्न सक्ने वातावरणको सुनिश्चितता गर्नसमेत आह्वान गर्दछौं ।” पाण्डेले भने ।

नेपाल तरुण दल महासचिव भूपेन्द्रजंग शाही : मलाई थुन कम्युनिष्ट सरकार !

शर्माको गीत शर्माकै युट्युब च्यानलबाट हट्नुसाथै नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले अधिनायकवाद चरित्र देखाएको टिप्पणी गरेका छन् ।

“गीत संगीत र जनताको आवाज रोक्ने, अधिनायकवादी ओली सरकार नालायक सावित भएको छ । साँच्चीकै यो सरकार लुटेर प्रमाणित भएको छ । लुट ओली लुट, ” उनले फेसबुक स्टाटसमार्फत भनेका छन् ।

साथै उनले भनेका छन् ।

पशुपतिको गीत मैले राखेको छु । मलाई प्रक्राउ गरेर देखाऊ !

लोकदोहोरी प्रतिष्ठान अध्यक्ष बद्री पंगिनी : गीत हटाएर ठिक गर्नुभयो पशुपति जी !

लाकेदोहोरी प्रतिष्ठानका अध्यक्ष्य तथा लोक गायक बद्री पंगिनीले पशुपतिको कदम सही भएको बताएका छन् ।

उनले भने, “पशुपति जी ले पहिलेपनि विकृति विसंगती तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आउनुभएको छ । यसपालीको गीतमाभने केही शब्दहरु परिमार्जित गरेर फेरी अपलोड गर्ने गरि डिल गर्नुभयो । मलाई लाग्छ उहाँले जे गर्नुभयो, ठिक गर्नुभयो ।”

अब सरकारसँग डराएरै बस्नुपर्ने हो त : क्याप्टेन विजय लामा

पशुपतिको पर्शनल युट्युब च्यानलबाट ‘लुट कान्छा लुट’ बोलको गीत हटाईएपछि नेपाल वायुसेवा निगमका प्रवक्ता तथा कलाकार क्याप्टेन लामाले पनि प्रतिक्रिया देखाएका छन् ।

सो विषयलाई नै लिएर क्याप्टेन विजय लामा भन्छन्

“सरकार भनेको जनताको आशा, विश्वास कि त्रास? लौन कोही छ, यसो बुझाउनलाई ? बुझ्नै गाह्रो भयो, हामीजस्ता जनतालाई अब त गुण्डा दादा अनि राजनीतिक दलका दलाल र पाल्तुहरुसँग मात्रै डराउने समय त सकिएछ । झन त्यसमाथि सरकार र सरकारी निकायहरुसँग जोडिएकाहरुसँग त डराएर बस्ने समय पो आयो त, प्रजातन्त्र, गणतन्त्र भनेको यस्तो पो हुँदोरहेछ । हरेक कुरा बन्देज ? बल्ल पो सिक्न थालिँदै छ ।पञ्चायतको समय पनि यस्तै थियो । कि कसो ?” 

गायकको भनाई !

पशुपति शर्माले दुई दिनदेखि आफ्नो पर्शनल युट्युब च्यानलमा अपलोड गरेको ‘लुट कान्छा लुट’ बोलको गीत हटाएका छन् । उनले हिजो साँझ गीत हटाएका हुन् ।

दुई दिनमा भिडियोको करिब ९५ हजार पटक हेरिएको थियो ।

युट्युब च्यानलको १० नम्बर ट्रन्ड्रिङग्मा परेको गीतलाई हटाउँदै गायक पशुपति लेख्छन् ।

के भन्छन्? यो विषयमा चर्चित हास्यकलाकार केदार घिमिरे?

हिजो साँझ युट्युबबाट हटाईएको गीतलाई नै टार्गेट गर्दै चर्चित हास्य कलाकार केदार घिमिरे (माग्ने बुढां) ले पनि सामाजिक संजालमा स्टाटस सेयर गरेका छन् ।

‘लुट कान्छा लुट’ गीतलाई उनले थप व्यङ्ग्य गर्दै भनेका छन् ।

लुट्न सके लुट कान्छा, लुट्न सके लुट
लुट्ने कुरा थापाउनेलाई भेट्नसाथै कुट
कलियुग लागेपछि उल्टो बग्छ खोला
पशुपतिमा ओईरिएछ, अरिङ्गलको गोला

धेरै बोले कारबाही हुन्छ चुप लागेर सुत : हास्यकलाकार दिपकराज गिरी

गीतकै विषयमा हास्यकलाकार दिपकराज गिरीले पनि स्टाटस सेयर गरेका छन् ।
उनले लेखेका छन् ।

लुट्नसम्म लुट कान्छा लुट्नसम्म लुट
धेरै बोले कारबाही हुन्छ, चुप लागेर सुत, good night!

सरकारका लागि युट्युबबाट गीत हटाईनु: सत्य कुरा तितो !

देशमा दुईतिहाई बहुतमतको सरकार !

सरकारका लागि युट्युबबाट गीत हटिनु, सत्य कुरा तितो जस्तै बनेको छ ।

किनकी गीतमा भएको शब्दहरुले दुईतिहाई बहुमतको सरकारलाई नपत्याएको जस्तो भएको महसुस हुन सक्छ ।
युट्युबबाट गीत हटाईएपछि सो गीत झनै भाईरल बनेको छ ।

यदि सो गीतलाई नहटाईएको भए, पक्कै पनि यो गीत यत्तिका धेरै सेयर हुने थिएन ।

गीत हटाएबापत सरकारलाई भएको फाईदा वा बेफाईदा !

गीत हटाएपछि सरकारलाई कुनै किसिमको फाईदाहरु भएन ।
उल्टो सरकारको खिल्ली उडाउने कामहरु धेरै भएको प्रशस्तै विभिन्न सामाजिक संजालहरुमा देख्न पाईन्छ ।
यो गीत युट्युबबाट नहटाईएको भए, पक्कै पनि यत्तिका भाईरत हुँदैनथ्यो । जत्ति अहिले छ ।

‘रानी बनाउँछु भन्दा कानी’ भएको छ । अहिले सरकारलाई !

अन्त्यमा !

शनिबार साँझ गायक पशुपतिले आफ्नो युट्युब च्यानलबाट गीत हटाए । थाहा छैन । कुनै कसैको दबाव वा आफ्नै खुशीले ?
तर,

केही मिडियाहरुका अनुसार त्यहाँ, राजनीतिक दबाव थियो ।

यदि यसो भएको हो । भने,

यहाँ नागरिकको अधिकारमाथि ठुलो प्रश्न खडा हुन सकछ ।

हरेक नागरिकको आ–आफ्नै अधिकारहरु हुन्छन् । पशुपतिको स्वतन्त्रताको अधिकार चाहिँ खोई ?
उनको नैसर्गिक अधिकार चाहिँ खोई ?

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्