भद्रगोलका हास्यकलाकार अर्जुन घिमिरे बताउँछ,पाँडे बन्न गाह्रो…



०५ फागुन २०७५, काठमाडौं

भद्रगोलका हास्यकलाकार अर्जुन घिमिरे अहिले संसार भरि उनी पाँडेको रुपमा चर्चित छन् । उनको यो क्यारेक्टरलाई निकै नै रुचाइएको छ । लामो समयको संघर्षपछि उनलाई पाँडे चरित्रले नै एउटा अब्बल कलाकारको रुपमा चिनाएको हो । दर्शक हँसाउन पाँडे बनेर अभिनय गर्ने गर्छन् । तर उनलाई यो चरित्र निर्वाह गर्न निकै नै कठिन छ ।

धेरैजसोले त उनको यो अभिनय देखेपछि साँच्चिकै बुढो मान्छेको अभिनय हो भन्ने पनि सोच्छन् । उनको यो चरित्र हेरेर दर्शकलाई हाँस्न जति सजिलो छ त्यत्तिकै गाह्रो उनलाई यो चरित्र निर्वाह गर्न छ ।

उनले यो चरित्र निर्वाह गर्दा धेरै कुरामा ध्यान दिनु पर्छ । बुढो देखिन उनी कुप्रिने गर्छन् जसले गर्दा उनी साच्चिकै कुप्रो परिसकेको बताउँछन् । अर्को कुरा उनलाई वास्तविक जीवनमा पनि पाँडेले नछोड्ने गरेको छ । उनी आफ्नो चरित्रमा मज्जाले डुब्ने गरेका कारण पनि वास्तविक जीवनमा कतै जाँदा पनि पाँडे चरित्र हाबी हुने गरेको उनको भनाई छ । तर दर्शकले दिएको जुन किसिमको माया र साथ छ उनी यो माया र साथको अगाडि यो दुःख केही पनि नभएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्