
०३ फागुन २०७५, काठमाडौं
प्रतिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले चःमती जग्गा एकीकरण आयोजनाको आइ ब्लोक स्थित खुल्ला क्षेत्रमा जेष्ठ नागरिक पार्क निर्माण कार्यको प्रारम्भ गरेका छन् ।

काठमाडौं महानगरपालिकाको लगानीमा निर्माण गर्न लागिएको उक्त पार्कको शिलान्यास कार्यक्रममा सांसद श्रेष्ठ लगायत महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, काठमाण्डौ महानगरपालिकाका प्रवक्ता एवम् १५ नं. वडाका वडाध्यक्ष ईश्वरमान डंगोल, योजना प्रमुख, बाताबरण बिभाग प्रामुख, वडा सदस्यहरु, चःमती नेवाः खलः का अध्यक्ष पूर्णकाजी ज्यापु र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।





