२५ हजार घूससहित प्रशासकीय अधिकृत पक्राउ



०३ फागुन २०७५, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ २५ हजार घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहिबार जिल्ला भक्तपुर दरबार स्क्वायर नजिक स्विट होम रेष्टुरेन्ट एण्ड क्याफेबाट नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा परेको लेनदेनसम्बन्धी उजुरी मिलाइदिने भन्दै विभिन्न बहानामा सेवाग्राहीसँग घूस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले प्रशासकिय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई नगदसहित नियन्त्रणमा लिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनीबारे थप अनुसन्धान कार्य भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्