फेरि बद्लियो मौसम



०३ फागुन २०७५, काठमाडौँ

आज काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म बदली र वर्षाको सम्भावना छ ।

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोर रुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए ।

आइतबारदेखि भने मौसममा सुधार आउनेछ । अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो ।

महाशाखाका अर्का मौसमविद् गंगा नगरकोटीका अनुसार देशको पश्चिमी भेगमा बिहीबारदेखि नै वर्षा जारी छ भने काठमाडौं उपत्यकासहित मध्य तथा पूर्वी क्षेत्रका पनि केही स्थानमा पानी पर्ने सम्भावना रहेको बताए ।

देशका उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यस्तै राति पनि देशभर सामान्यतया बदली रहने देखिएको छ । शनिबार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकामा तीनरचार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले शुक्रबारदेखि बदली गराएका कारण केही चिसो बढेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्