प्रसंग प्रणय दिवसको : केही कालजयी सम्बन्धहरु !



०२ फाल्गुन २०७५, काठमाडौं

‘दुई फरक आत्माबीचको एउटा उत्तम भावना’ हो प्रेम !

अनि यो मानिसको सबैभन्दा बलियो संवेदना पनि हो । प्रेमले जीवनमा विभिन्न किसिमको परिस्थितीहरुको स्वाद चखाउँछ । यसले विभिन्न अनुभूतिहरु दिलाउँछ ।

प्रेम जसको पनि जोसँग पनि हुन सक्छ । सम्बन्धहरु धेरै खालका हुन्छन् ।

तर, आजभोलीका प्रेमिल जोडीहरुको सम्बन्ध धेरै कच्चा भएजस्तो लाग्छ । किनकी, आज सम्बन्धप्रति कुनै किसिमको गम्भीरता देखिदैँन ।

तर, संसारमा यस्तो चोखो मायाँ गर्ने जोडीहरु पनि थिए ।

हामीसामु अझै इतिहाँस साक्षी छ । लेनन–योको, लैला–मज्नु, ओडीसस–पेनलप आदि ईत्यादि !

आज विशेषत प्रणय दिवस,

यहिसँग सम्बन्धित केही कालजयी सम्बन्धहरुको बारेमा थाहा पाऔं ।

रोमियो–जुलियट–

कवि तथा नाटककार विलियम शेक्सपियरको रोमियो र जुलियटको प्रेमकथाको रङको चर्चा नगरे सायद संसारका सबै प्रेमकथाहरू फिका हुनेछन् । रोमियो–जुलियट दुई झगडालु परिवारमा जन्मिएका किशोर–किशोरीको कथा हो । यो पहिलो नजरमा बसेको प्रेमको कथा हो । तर, यस कथाका पात्रहरू परिवारको घम्साघम्सीबीच जोगिन खोज्दाखोज्दै मर्छन् ।

पारिवारिक दुस्मनीबीच फुल्न आँटेको उनीहरूको प्रेम कोपिला नलाग्दै तहसनहस हुन्छ । अन्ततः यी पात्रहरू एकअर्काका लागि मरे पनि उनीहरूले वर्षौदेखि रहिआएको पारिवारिक दुस्मनीलाई प्रेममा बदल्न सफल हुन्छन् १ र, पाठकहरू गमक्क पर्छन्, प्रेमको अन्त्यपछि फेरि प्रेमको जन्म हुन्छ अर्थात् प्रेम कहिल्यै मर्दैन, यसरी नै जन्मिरहन्छ ।

रोमियो–जुलियटको कथा छापिएयता यसले लाखौँ किशोर–किशोरीलाई प्रतिकूलताका बीचमा पनि प्रेम गर्न सिकाइसकेको छ । धेरैले प्रेमको वास्तविक अनुभूतिलाई यसै कथामार्फत् स्पर्श गरिसकेका छन् । धेरैले अझै रोमियो–जुलियटलाई आफ्नो प्रेम–आदर्श मानिरहेका छन् ।

क्लियोपेट्रा–एन्थोनी–

क्लियोपेट्रा र मार्क एन्थोनीको प्रेमकथा चाहना, कामुकता र राजनीतिको पराकाष्ठा हो । इजिप्ट (मिश्र) की शताब्दीकै सुन्दर स्त्री क्लियोपेट्राको प्रेमजालमा मार्क एन्थोनी फसेका हुन्छन् । कथामा इजिप्टमाथि रोमनहरूको अशान्त आक्रमणको राजनीतिक पृष्ठभूमि छ ।

कोही भन्छन्, क्लियोपेट्राले रोमनहरूको आक्रमणबाट बच्न र देशलाई राजनीतिक बाटो दिन आफ्नो सुन्दरताको प्रयोग गरेकी थिइन् । तर, अन्त्यमा यी दुईबीचको प्रेम अचाक्ली गहि¥याइमा पुगिदिन्छ । उनीहरूको मृत्युसितै कथाको पनि अन्त्य हुन्छ ।

ग्वीनवीर–लान्सलट–

यो प्रेमकथा राजा अर्थरको न्यायालयका सुरवीर योद्धा लान्सलटको हो । उनी रानी ग्वीनवीरको प्रेममा फसेका हुन्छन् । यतिसम्म कि रानीको अपहरण हुँदा त्यही प्रेमको शक्ति र सम्मोहनको बलमा उनी बडो साहसका साथ अपहरणकारीसँग लड्छन् र रानीलाई छुटाएर ल्याउँछन् । यता, ग्वीनवीर पहिल्यै विवाहित हुन्छिन् ।

यो प्रेमकथा राजा अर्थको योद्धाहरू र क्रमशः कमजोर हुँदै गरेको राज्यसित सम्बन्धित छ । रानी ग्वीनवीर सन्यासिनी भएपछि योद्धा लान्सलट पनि तपस्वी बनेर जीवन बिताउँछ । अन्त्यमा रानी ग्वीनवीरको मृत्यु हुन्छ । यो अर्थरियन विरासतको चर्चित रुमानी प्रेमकथा हो ।

लेनन्–योको–

पप सङ्गीतका हस्ती एवम् तारा जोन लेनन् योको ओनोको अचाक्ली प्रेममा फस्छन् । केही खराब सोचाइ राख्नेहरू योको ओनोसामु जोन लेनन्को जीवनलाई लिएर बिटल्सको फुटको सन्दर्भ निकाल्ने गर्छन् ।

अङ्ग्रेजी र जापानी यी दुई प्रेमीहरूले कहिल्यै नछुटिकन खुसीका साथ वर्षौ सँगै बिताएका छन् । सन् १९८० मा जोन लेनन्को दुःखद् मृत्यु भयो र करिब तीन दशकपछिसम्म ओको ओनोलाई शोकाकुल भेट्टाइयो ।

ओडिसस–पेनलप–

सायद आजकलका चराहरू ग्रीसेली जोडी ओडिसस र पेनलपको प्रेम, समर्पण र सम्झौताको नियतिलाई बुझ्छन् । यी जोडीहरू सँगै रहनका लागि करिब २० वर्ष पर्खिन्छन् । तिनीहरूको विवाहपछि ओडिसस युद्धका लागि पेनलपलाई छोडेर जान्छन् ।

यता, पेनलप आफ्नो जीवनबाट अउडीसियसलाई हटाउने एक सय आठ प्रतिरोधीहरूसित मुकाविला गर्दै २० वर्ष पर्खिन्छिन् । ओडिसस आफ्नो कुमारित्व र प्रेम विनाशर्त दिने जादुगर्नीहरूको लालचबाट पनि बच्छन् र आफूलाई पूरै वर्ष पेनलपको सम्झनामा समर्पित गर्छन् ।

जो लामो दूरीबीच प्रेम सम्बन्ध राख्छन् उनीहरूले यो कथाबाट प्रेरणा लिने गर्छन् । सत्य प्रेम साँच्चिकै मूल्यवान हुन्छ ।

क्याथरिन–पोट्योकिन–

क्याथरिन सन् १७६१ मा जार शासक पिटर तेस्रोकी श्रीमती थिइन् । तर, एक वर्षपछि उनी सत्ताच्यूत पारिए । उनलाई आफ्नै सेनाद्वारा मारियो, कत्तिले क्याथरिनले उनलाई मार्न लगाएको आरोप लगाएका छन् ।

रुसी सैनिक ग्रेगरी पोट्योकिन क्थारिनको सुरक्षाका लागि खटाइएका थिए । केही दिनपछि क्याथरिनले पोट्योकिनलाई मन पराउन थालिन् । पोट्योकिन भद्दा, मोटो र एक आँखे भएपनि उनको चाह घटेन । काथरिनले विनासङ्कोच पोट्योकिनलाई विश्वास र प्रेम गरिन् ।

सन् १७७१ मा उनले पोट्योकिनलाई रुसी राजनेता बनाइदिइन् र उनको सेनाहरूको कमान्डर पनि बनाइदिइन् ।

यद्यपि यिनीहरूको प्रेम सम्बन्ध १७७६ मा आएर अन्त्य भयो । पोट्योकिनले क्यारिनको प्रेमलाई आत्मसात गर्यो । ५२ वर्षको उमेरमा क्याथरिनको मृत्यु भयो । उनले प्रेमप्राप्तिका लागि जीवनभर एकप्रकारको पागलपन बोकिरहिन्, जो कहिल्यै बिसाउन सकिनन् ।

नेपोलियन–जोसेफाइन–

नेपोलियन बोनापार्ट क्रुर र महत्वाकाङ्क्षी फ्रान्सेली सैनिक थिए । जब यिनले जोसेफाइनलाई देखेँ तब उनी प्रेमको बन्दी भए । जोसेफाइन पेरिसमै अत्यन्त सुन्दर थिइन् भनिन्छ ।

नेपोलियनले ३२ वर्षिया दुई सन्तानकी विधवा आमा जोसेफाइनलाई दृढ निश्चयका साथी बनाउन चाहे तर सफल भएनन् । नेपोलियन फ्रोन्सेली सैनिकका प्रवीण अधिकारी भए पनि सधैँ सुन्दरताका लागि बेपरवाही, भद्दा र फोहोरी, कसैले मन नपराउने प्रवृत्तिका थिए । तर, सन् १७९६ मा जोसेफाइनले आफ्नो मन परिवर्तन गरिन् र यिनीहरू दुईको विवाह भयो ।

विवाह भएको केही समयपछि नेपोलियन सैनिक अभियानमा लागि परे । यता, जोसेफाइन वेश्यावृत्तिमा लागिन् । जब नेपोलियनले आफ्नो श्रीमतीको गोप्य रहस्य थाहा पाए तब उनले सम्बन्धविच्छेदको माग गरे । तर, जोसेफाइनले नेपोलियनसमक्ष माफीको भिक्षा मागिन् । उनी फेरि नरम भए, सबै गल्तीलाई माफ गरिदिए । जब नेपोलियन शक्तिशाली हुँदै गए तब उनलाई छोरा पाउने चाह भयो तर जोसेफाइन बच्चा जन्माउन नसक्ने भएकी थिइन् ।

त्यसपछि विरक्तिएका नेपोलियनले मृत्युको मुखसम्म जोसेफाइनको बगैँचामा रहेको ‘भोइलेट’ फूलको माला लगाइरहे ।

जार निकोलस–एलेक्जेन्ड्रा–

जवान निकोलस दोस्रो रसियन भविष्यको जार हुनेवाला थिए तर उनी सम्मोहनकारी जर्मन राजकुमारी अलेक्जेन्ड्रासित पहिलो नजरमै मोहित भए, प्रेममा फसे । यी दुई जोडी एकअर्कामा समाधिस्थ भएर समग्र राजपरिवारलाई खाल्डामा पारे ।

उनीहरूको प्रेमसम्बन्ध देशका सबै जनतालाई थाहा थियो । सन् १८९३ पछि निकोलसका बुबाको निधन भयो । केही दिनपछि यिनीहरू दुवैले विवाह गरेर रसियन नेताको मृत्युलाई हाँसोको दृष्टान्त बनाए ।

जार निकोलस र महारानी एलेक्जेन्ड्रा सुखमय वैवाहिक जीवनलाई बिताउँदै थिए । राजपरिवारको खर्चिलो पार्टी हुँदै गथ्र्यो । यता, देशका जनताहरू गरिबीमा मरिरहेका थिए ।

सन् १९१७ ताका रसियाका जनताबाट राजपरिवारलाई दिइने सहयोग सबै खोसियो । जनताहरू राजपरिवार विरुद्धको आन्दोलनमा उत्रिए । त्यसपछि निकोलस र उनका सबै परिवारलाई पक्राउ गरेर साइबेरिया पठाइयो । योसँगै तीन सय वर्षको रोमानाभ शासन र निकोलस–एलेक्जेन्ड्रा प्रेमकथाको अन्त्य भयो ।

अगस्टस–स्पेन्सर–

सन् १९२७ का ताका अमेरिकी विमानचालक चाल्र्स अगस्टस निकै चर्चित भए, जब उनले एक्लै एटलान्टिक महासागरको यात्रा गरे । लजालु, आत्मसंयमी स्वभावका ल्याटिन अमेरिकी चाल्र्सले मेक्सिकोका लागि अमेरिकी राजदूतकी छोरी एन स्पेन्सर मोरोलाई भेटे ।

यिनीहरूको प्रणयलीलाले विश्वको ध्यान केन्द्रित गर्यो । सन् १९२९ मा विवाहसम्बन्ध स्थापित गरेको यो जोडी अमेरिकाको प्रथम सेलिब्रिटी जोडी थियो ।

एनले पनि बिस्तारै विमानहरू उडान थालिन् र उनी अमेरिकाकै प्रथम महिला विमानचालक बनिन् र श्रीमान्सित विमानमा उड्न थालिन् ।

उनीहरूले धेरै विमान उडाएर इतिहासमै आफ्नो नाम राखे । सन् १९३० ताका सात महिनाकी गर्भवती एनले श्रीमान्को उत्साह तथा प्रेरणाबाट वैवाहिक जीवनबारे संस्मरणहरू लेखिन् । उनका १३ वटा किताबहरू पनि प्रकाशित भए, जुन अमेरिकामा चर्चित किताबका सूचीमा पर्छन् । तर, दुर्भाग्य उनीहरूको प्रिय छोराको अपहरणपछि हत्या गरियो ।

स्टेइन–एलिस–

पेरिसका अग्रगामी लेखक गरच्युड स्टेइनले ३३ वर्षको उमेरमा एलिस बीलाई देख्नेबित्तिकै मन पराउन थाले । धेरै महान् प्रेमीहरू भाग्यले एक–अर्कासित नजिकिन्छन् ।

पेरिसमा स्टेइनका परिवार भूकम्पपछि आफ्नो सम्पत्ति कस्तो छ भनेर हेर्न गएका थिए, त्यतिखेर स्टेइनको एलिससँग भेट भयो । स्टेइन अग्रगामी लेखक भए पनि उनी अस्वभाविक र महिलोचित (महिलाले मन नपराउने) प्रवृत्तिका थिए ।

एलिस स्टेइनकी सचिव भएर काम गरिन् । यी दुई पछि एकअर्कामा समाहित भए । यिनीहरूको अपार्टमेन्ट ट्वान्टीसेभन रु डे, फ्लीउरस हेनरी म्याटिस, पाब्लो पिकासो, अर्नेष्ट हेमिङ्वे र एफ।स्कट फीट्जेराल्ड लगायतका लेखक तथा कलाकारको भेटिने स्थान बन्न पुग्यो ।

एडवर्ड–सिम्पसन–

बेलायती राज्यका उत्तारधिकारी राजकुमार एडवर्ड निकै सुन्दर थिए । बेलायती इतिहासमा कहिल्यै कसैले नगरेको प्रेम गरेर यिनले जीवनको अध्याय नै परिवर्तन गरे । वालिज सिम्पसन सामान्य अमेरिकी विवाहिता महिला थिइन् ।

सन् १९३१ मा एडवर्डले यौटा पार्टीमा उनलाई भेटेका हुन् । राजकुमार एडवर्ड उनीसितको चिनजानपछि विनासङ्कोच विभिन्न पार्टीहरूमा सामेल भए, र बिस्तारै सिम्पसनसित आर्कषित हुँदै गए ।

सन् १९३४ मा सिम्पसनले आफ्नो श्रीमानसित सम्बन्धविच्छेद गरिन् । बेलायत संसद् पनि उनीहरूको यस्तो प्रेमलापबाट निकै प्रभावित भयो ।

सन् १९३६ मा एडवर्डका बुबाको निधन भयो, उनलाई राजाको ठाउँ लिन लगाइयो । तर, दुर्भाग्य उनले सत्तारोहण गर्न मानेनन् । एउटा रेडियोमा ‘आफूले माया गर्ने मान्छेको साथविना राज्यको भार आफ्नो शिरमा नउठाउने’ घोषणा गरे ।

त्यसपछि उनका भाइ अल्बर्ट राजा जर्ज छैटौँ भए । यता, एडवर्ड–सिम्पसनको जोडीले सामान्यस्तरको विवाह गरेर फ्रान्समा आफ्नो वैवाहिक जीवन बिताए ।

लैला–मज्नु–

लैला धनाढ्य परिवारमा जन्मिएकी थिइन् । उनी राजकुमारी नभए पनि धनाढ्य र सम्भ्रान्त केटासित विवाह गरेर सुखमय जीवन बिताउन चाहन्थिन् । तर, प्रेम हृदयमा जन्मिन्छ र यसको कुनै नियमहरू हुँदैनन् । उनी क्वेजसितको प्रेममा परिन् । क्वेजले पनि लैलालाई हृदयदेखि नै चाहन्थ्यो ।

क्वेज लैलाकै जातको कवि थियो र आफ्नो प्रियसीका निम्ति प्रेमिल कविताहरू सिर्जना गर्दथ्यो । लैलालाई समर्पण गरेर कविताका पङ्क्तिहरूमा उनका नामहरू राखेर सुनाउँथ्यो । क्वेजका साथीहरूले लैलासितको प्रेमसम्बन्ध थाहा पाएर विभिन्न मजाक गर्ने गर्दथे । तर यी झटारोहरूले, व्यङ्गहरूले क्वेजलाई छुँदैनथ्यो ।

ऊ गहिरिएर लैलाको प्रेममा डुबुल्की मारिरहन्थ्यो, एकदिन क्वेज आफ्नो विवाहको प्रस्ताव लिएर लैलाको घर जान्छ । तर, क्वेज गरिब परिवारको केटा हुन्छ । लैलाको बुवाले आफूभन्दा तल्लोस्तरको र सामाजिक अवस्था भएको केटासित विवाह नगरिदिने भन्छन्, झपारेर पठाउँछन् । कारण अरब परम्परामा यसलाई लिएर उनको वंशमा कलङ्क फैलन सक्छ भन्ने डर थियो ।

अब यी दुई प्रेमीहरू एक–अर्कालाई हेर्न, भेट्न बन्देज लगाइन्छ । लैलाको परिवारलाई उनको धनाढ्य केटासित विवाह गरिदिन्छन् । जब क्वेजले लैलाको विवाहको कुरा सुन्छ तब ऊ निकै व्यथित हुन्छ । अरबी मरुभूमिमा भौँतारिन थाल्छ । खाना र पानीविना ऊ मरुमूमिमा लैलाका निम्ति लेखिएका कविताहरू वाचन गर्छ ।

बालुवामा लठ्ठीले लैलाको नाम लेख्दै हिँड्छ । यता, लैला पनि क्वेजसितको अप्रत्यासित प्रेम–विच्छेदले शारीरिक तथा आत्मिक रुपमा प्रभावित हुन्छिन् । सन् ६८८ मा उनी आफ्नो श्रीमानसित इराक बसाइँ सर्छिन् र अन्त्यमा मर्छिन् । क्वेजका साथीहरू लैलाको मृत्यको समाचार पु¥याउन क्वेजलाई खोज्छन् तर कहिँ कतै भेट्टाउँदैनन् ।

अन्त्यमा, क्वेजलाई लैलाको चिहानमा तीन पङ्क्ति कविता खोपेर मरिरहेको भेट्टाउँछन् । क्वेज लैलाको प्यारमा पागल भयो, त्यसैकारण उसलाई ‘मज्नु’ भनियो ।

हिर–राँझा–

हिर पन्जाबकी अत्यन्तै सुन्दरी युवति थिइन् । राँझा उसको बुवाको प्रिय छोरा थिए तर उनका चार दाजुभाइहरु उनलाई मन पराउँदैन थिए । राँझा खनजोतमा परिश्रमी थियो र यिनीहरुबीच जमिनको बारेमा सधैँ झगडा भैरहन्थ्यो ।

राँझा अत्यन्तै मनमोहक बासुरी बजाउनमा सिपालु थियो । एकदिन राँझाका दाजुभाइका श्रीमतिहरुले खाना नदिएपछि ऊ घर छोडेर हिँड्छ । अन्त्यमा ऊ हिरको गाउँमा आउँछ र उनीसितको प्रेममा पर्छ । हिर आफ्नो बुवाको बस्तुभाउ चराउनका लागि भन्छे, अर्थात् ऊ गोठालो बन्छ । उनी राँझाको बासुरी बजाउने सिल्पदेखि मोहिन हुन्छे, उसलाई प्रेम गर्न थाल्छे ।

उनीहरु लुक्तै धेरै वर्ष सम्म भेटघाट गर्छन् । अन्त्यमा हिरको काका कैदोले यो गोप्य रहस्य थाहा पाउँछ र परिवारमा हिरको अर्को केटासित विवाह गरिदिन जिद्दी गर्छ ।

यता, यो सुनेपछि राँझा तड्पिन्छ र शहर–बजार भौतारिन थाल्छ । उसले बाबा गोरखनाथ भन्ने जोगीलाई भेटेर आफू पनि जोगी बन्छ । उनीहरु अन्त्यमा हिरको गाउँमा पत्ता लगाउँछन् ।

त्यसपछि हिरको परिवारले उनीहरुको विवाह गरिदिन राजी हुन्छन् तर उनको ईष्र्यालु काका कैदोले विवाह भन्दा अगाडि लड्डुमा विष हालिदिन्छ । यो सुनेर हिरलाई बचाउन राँझा दौडिएर जान्छ तर समय बितिसकेको हुन्छ ।

ऊ पुग्नुअगावै हिर मरिसकेकी हुन्छे । राँझा फेरि तड्पिन्छ र सोही लड्डु उसले पनि खाइदिन्छ र उसकै छेऊमा प्राण त्याग गरिदिन्छ । हिर र राँझाको शवलाई हिरको गाउँमा गाडिन्छ । प्रेमिहरु अझै पनि उनीहरुको म्युजियममा डुल्न जान्छन् ।

शाहजहाँ–मुमताज–

सन् १६१२ मा किशोरी अर्जुमन्द बनु बेगमको १५ वर्षीय मुगल सम्राट शाहजहाँसित विवाह भयो । विवाहपछि बेगमको नाम मुमताज राखियो । उनले १४ छोराछोरी जन्माइन् र शाहजहाँकी मायालु पत्नी बनिन् ।

सन् १६२९ मा जब मुमताजको मृत्यु भयो शोकसन्तप्त सम्राटले एउटा स्मारक बनाउन लगाए । करिब २० हजार कामदार र एक हजार हात्ती अनि २० वर्ष लगाएर यौटा स्मारक खडा भयो । त्यसको नाम राखियो ताजमहल । तर, शाहजहाँले योजनाअनुरूप कहिल्यै आफ्ना लागि कालो सिंगमरमर ओछ्याएको म्युजियम बनाउन सकेनन् ।

आफ्नै छोराले उनलाई अपदस्त गरेपछि उनलाई आगरामा बन्दी बनाइयो । त्यहाँ उनी आफ्नो सम्पूर्ण एकान्तिक समय जमुना नदीमा उभिएको आफ्नी रानीको स्मारक ताज महल हेर्ने गर्दथे । अन्त्यमा उनी पनि मरे र उनको लासलाई ताजमहलमा रानीको छेऊमा गाडियो ।

सलिम–अनारकली–

सलीम र अनाकलीको प्रेमलाई सबै प्रेमीहरूले बुझ्नुपर्छ । सलिम मुगल सम्राट अकबरका छोरा थियो । ऊ साधारण तर अत्यन्तै सुन्दरी रखैलसित प्रेममा पर्छ । सलिम अनारकलीलाई देख्नासाथ उनको सुन्दरताबाट मोहित हुन्छ । तर, सम्राट आफ्नो छोरा एउटा साधारण रखैलसित प्रेममा परेको मन पराउँदैनन् । उनी अनारकलीलाई क्रोध, लाञ्छना र यातना दिन्छन् ।

तर, जब सलिमले यो कुरा थाहा पाउँछ तब आफ्नै बाबुका विरुद्धमा लडाइँ गर्न तयार हुन्छ । तर, राजकुमारका लागि सम्राटका सैनिकहरू सबैलाई जित्न एकदम मुस्किल पर्छ । ऊ हार्छ र मृत्युलाई अँगाल्छ ।

जब अनारकलीले आफ्नो प्रेमीले गरेको बलिदानी महसुस गर्छे र जिउँदै उनको आँखैको अगाडि पर्ने गरी इँट्टाको चिहानमा गाडिन्छे ।

प्रतिक्रिया दिनुहोस्