बुढासुब्बा गोल्डकप : आयोजकको सानदार जित



२९ माघ २०७५, इटहरी

२१ औँ संस्मकरणको बुढासुब्बा गोल्डकपको तेस्रो क्वाटरफईनलमा आयोजकले सानदार जित निकालेको छ । धरान रङ्गशालामा भएको खेलमा पाहुना टोली भारतको डेली हाउस कलकत्तालाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक धरान फुटबल क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

धरानले खेलको पहिलो हापमा नै अग्रता बनाएको थियो । खेलको ९ औँ मिनेटमा आयोजकका मिलन राईले सुरुवाती गोल गरेका थिए । त्यसपश्चात् हाउसले खेलमा फर्किने प्रयास गरे पनि सकेन । धरानका वर्तमान राईले खेलको २३ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । त्यस पछि भने दुबै टोलीले गोल गर्ने राम्रा अवसर पाए पनि गोल गर्न चुक्दा खेलको नतिजा २–० आएको हो । खेलको म्यान अफ दी म्याच आयोजकका वर्तमान राई घोषित भएका छन् । उनले व्यक्तिगत १५ हजार नगद पुरस्कार प्राप्त गरे ।

यो सँगै धरानले आफ्नै स्थानमा टर्फी राख्ने सम्भावनालाई कायम राखेको छ । २१ औँ सिजनमा आईपुुग्दासम्म आयोजक विजेता बन्न सकेको छैन । फाइनल खेल खेल्ने धेरै अवसर पाएपनी आयोजकले उपबिजेतामा चित्त बुझाउनै आएको छ ।

खेलको अन्तिम क्वाटरफाईनलमा बुधवार विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ् क्लब र अर्को पाहुना टोली फेम्ली डाउफिन्स क्याम्रुन दिउसो ३ बजेबाट भिड्ने छन् । आइतबारबाट सुरु भएको खेलको विजेताले ८ लाख र सिल्ड हात पार्ने छ भने उपविजेता बन्ने टोलीले ४ लाखमा चित्त बझाउने छ ।

प्रतिक्रिया दिनुहोस्