काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु लाग्दा विमास्थल यात्रु अलपत्र



२९माघ २०७५, काठामाण्डौँ

काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेका कारण मंगलबार बिहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको थियो ।

एक मात्र अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण विहानैदेखि प्रभावित भएपछि यात्रुहरु विमानस्थलमा अलपत्र परेका हुन् । भिजीबिलिटी कम भएको कारण विहानका सबै उडान र अवतरण समेत प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

आन्तरिक उडानका लागि कम्तीमा १६ सय र अन्तर्रा्ष्ट्रिय उडानका लागि कम्तीमा ३ हजार मिटर भिजिबिलिटी आवश्यक पर्दछ ।

काठमाडौं उपत्यकाको भिजिबिलीटी बिहान ५० मिटर मात्रै रहेकोमा अहिले बढेर एक किलोमिटरसम्म पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उडानका लागि आवश्यक भिजिबिलिटी पुग्न अझै केही समय लाग्ने महाशाखाको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्