आँफुहरु अर्बौ खाने, मजदुरको झोला एयरपोर्टमै खोस्न लाज छैन ? : नायिका थापा



धेरै समय अगाडि नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सरकारले पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न थालेपछि विरोधस्वरुप नायिका रेखा थापाले सरकार विरुद्ध फेसबुकमा स्टाटस पोष्ट गरेकी छिन् ।

नायिका थापाा कहिले राजनीति त कहिले अरु नैं कारणले चर्चामा आईरहन्छिन् । यसपटक भने विदेशमा बस्ने नेपालीहरुप्रति माया दर्शाउँदा उनी सामाजिक संजाल तथा समाचारहरुमा छाएकी छिन् ।

उनले फेसबुक पेजमा  दुबई, कतार, मलेशिया लगायत देशमा हाम्रा दाइभाइ पसिना बगाइरहेका आफ्नै आँखाले देखेको छु । ती श्रम क्याम्पमा बस्दा हुने अनुभुती नजिकबाट सुनेकि छु । जब वर्षौ पछी घर फर्किने सुखद दीन आउछ, आफन्त र घररिवारको लागि खुशीको स साना उपहार लिएर फर्कन चाहनु स्वाभाबिक हो ।

दुइवटा फोन ,एइटा टि।भी वा त्यस्तै अरु सामान, निर्धा जनताले मिटर ब्याज तिरेर पराइ देश जान परेकोमा दया नभएको सरकार उनिहरुको कमाइले किनेको नासो देखेर यत्ती जलेको किन होला रु तिनै युवाको पसिनाको रेमिट्यान्स बाट चलेको देशमा उनिहरुको आगमनमा लुट मच्चाउन किन परेको छ श्र सक्नेले र हुनेले क्विन्टल सुन छिराउने एयर्पोर्टको कहानी जनताले थाहा पाएका छन ।

यिनै मजदुर बेचि खाने दलाल, तिनैको पैसा माग्ने समाजसेवा, तिनैको नाममा राजनीति, अनी उनिहरुको कमाइको नासो किन खोस्दैछ सरकार रु के परिवारको लागि चिनो ल्याउनु अपराध हो रु मेरो बिचारमा यो श्रमिक माथि शोषण र अत्याचार हो । जाने बेला रुदै र फर्कने बेला पनि रुवाउने सरकारका यस्ता श्रमिकमारा कदम बिरुद्दको आवाज उठाउनु पर्छ ।

हाम्रा श्रमिक दाइभाइ यो देशका गौरब हुन र उनिहरुको अपमान गर्ने अधिकार कसैलाई छैन । यो बन्द गरिएन भने म एल्लो किन नहोस् एयर्पोर्ट अगाडि बिरोध गर्न जान तयार छु । आफु अरबौका सुबिधा लिने ,कर र भाडा तिर्नु नपर्ने, राज्य कोष खाएर बस्ने अनी मजदुरको झोला खोस्ने रुरु भनी पोष्ट गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्