फुड फेस्टिभलमा परम्परागत खानाप्रति चासो भएन



२८ माघ २०७५, इटहरी

इटहरीमा जारी फुड फेष्टिभलमा परम्परागत खानामा कसैले चासो नदिँदा ब्यपारीहरु निराश भएका छन् । मेलाको पाँचौँ दिन सकिन लाग्दा समेत दिनमा १/२ जनाले मात्र परिकारमा चासो दिँदा व्यापारी निराश भएका हुन ।

स्टलमा दूधबाट वनेका सामाग्री खासै नबिकेको व्यवसायी अल्का खत्रीले बताइन । ‘पहिले पनि स्टल राखिएको थियो तर यो जस्तो भएको थिएन, उनले भनिन दुई दिन पानी पर्याे जसले गर्दा मेलामा जमघट भएन । तर हिजो आज मौसम अनुकूल हुँदा पनि खासै व्यापार भएको छैन ।’

मेलामा परम्परागत खानाको सामाग्री कोदाको पिठो, मकैका सामाग्री, दाल, तेलहन, अचारका सामाग्रीमा पनि खासै मानिसहरू नआएको व्यापारी बताउँछन् । काठमाण्डौवाट अचारको स्टल राखेका विष्णुमाया तामाङले मेलामा खासै उपलब्धि नभएको बताइन । उनले भनिन, ‘मौसम पनि प्रतिकुल भयो, मानिसहरू स्टेजमै रमाउँछन् तर यस्ता खानेकुरालाई खासै मन पराउँदैन ।’

यता नर्सरीको स्टलको पनि उस्तै हालत रहेको बताउँछन् । सुनसरीकै तरहरावाट ल्याएर मेलामा स्टल राखेका खगेन्द्र पोखरेलले अहिले सम दिनमै एक जना दुई जनाले भन्दा सोध्न समेत नआएको गुनासो गरेका छन् ।

यस्ता परम्परागत खानाको बिक्री नहुँदा आधुनिक खानाहरू भने राम्ररी चलेको व्यवसायीहरू बताउँछन् । होटेल, होटेल होटेलका लागी चाहिने सामाग्रीको सन्तोषजनक व्यापार रहेको बताउँछन् ।

होटेल व्यवसायी सङ्घ इटहरीले कोसी टप्पु वन्यजन्तु आरक्षबाट दुई वटा पाल्नु हात्तीहरू ल्याइएको छ । जसले गर्दा मेलाको आकर्षण बढेको छ । हात्तीलाई नजिकबाट हेर्ने सकिने व्यवस्था मिलाइएपछि फेस्टिभलको आकर्षण बढेको हो ।

हात्ती नदेखेका बालबालिकाहरू साथै अन्य मानिसहरू समेत नजिकबाट हात्ती हेर्न फोटो खिच्न पाउँदा खशी लागेको बताउँछन् । जगंली ठुलो जनावर हात्ती सहज रूपमा देख्न नसकिने भएकाले हात्ती हेर्नकै लागि बालबालिका देखि ज्येष्ठ नागरिकहरू समेत आउने गरेको फेस्टिभल सञ्चालकहरूले बताएका छन् ।

गत बिहीबारबाट सुरु भएको मेला वर्षाका कारण शुक्रबार र शनिवार प्रभावित हुँदा मेलामा पैवाभ परेको फेस्टिभल संयोजक दीपक पोखरेले बताए । मौसमका कारण हेलिकप्टर लक्ष्य अनुसार सञ्चालन गर्न नसकीएको र अन्य स्टलहरूमा समेत प्रभाव परेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्