
२८ माघ २०७५, काठमाडौं
मोफसलकै चर्चित बुढासुब्बा गोल्डकपको आइतबार सुरु भएको खेलको नतिजा सोमबार आएको छ । आइतबार बराबरीमा रोकिएको २१ औँ बुढासुब्बा रेडबुल गोल्डकपको उद्घाटन खेलमा सिएमजि सङ्कटा क्लबले सडन डेथमा मेची नेत्रालयलाई पाखा लगाउँदै अन्तिम चारमा स्थान बनाएको छ ।

दुवै टिमको पहिलो प्रहार गोलमा परिणत भएपछि दोस्रो पेनाल्टी प्रहारमा सङ्कटाका सेड्रिक अबले निर्णायक गोल गरे भने झापाका दिलेन लोक्ताम गोल गर्न चुके । लोक्तामको प्रहारलाई सङ्कटाका गोलकिपर राजाबाबु थापाले रोके । आइतबार दिउँसो निर्धा्रित समयको उद्घाटन खेल २/२ गोलको बराबरीमा टुंगिएको थियो । त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भए पनि दुवै टिमबाट ४/४ गोल भयो । त्यसपछि सडन डेथमा ६ ६ पेनाल्टी प्रहार हुँदा ५ ५ गोलको बराबरी भएको थियो । सडन डेथबाट पनि खेलको निर्णय नभएपछि र लाइट(प्रकाश)को पनि अभावले दुवै टिमको सहमतिमा सोमबारलाई खेल सारिएको थियो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले हत्याकाण्ड मोटरसाइकल र अन्य व्यक्तिगत विधा तर्फ २५ हजारका दरले पुरस्कार पाउने आयोजकले जनाएको छ ।





