
२७ माघ २०७५ काठमाडौँ
जनकपुर सिरहामा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कूटपिट गरी जिउँदै जलाउने प्रयास गरिएको घटना खूलासा भएको छ ।
नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरिया टोलकी ४९ वर्षीया बौवावती महतोमाथी बोक्सी आरोपमा निर्घात कुटपिट घटना सार्वजनिक भएको छ । छिमेकी युवकलाई बोक्सी मन्त्र लगाएर बिरामि बनाएको भनि कुटीएका हुन ।
घरमा गाईबस्तुलाई घाँसपानी गरिरहेका बेला बिहीबार हपराह्र हुल बाँधर आएका छिमेकीहरुको धेरै कुटपिटबाट उनको शरीका विभिन्न भागमा निलडाम पर्नुका साथै चोटपटक लागेका पीडित बौवावतिले बताईन् ।
स्थानीय अमिरी सदायका १९ वर्षीय छोरा सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदीबहिनी लगायतले लछारपछार पार्दै चौतारामा पुर्याई कुटपिट गरेको बौवावतीले बताए ।
‘घरबाट घिसार्दै चौतारोमा पुर्याएर बोक्सी हुँ भन्न दबाब दिए,’ ‘बोक्सी नस्विकारे मा नजिकै रहेको उखुबारीबाट पत्कर ल्याएर जिउँदै जलाउँछौँ भन्दै धम्काएका उनले बताए ।
कुटपिटबाट अचेत भएपछि बौवावतीलाई छाडिएको थियो ‘घरमा पाँच जना स–साना छोराछोरी मात्र थिए । म पनि काम गर्न गाउँबाहिर रहेको मौका छोपेर मरणासन्न हुने गरी कुटेछन्न,’ भनि रामलोचनाले बताए ।
बेलाबेलामा बेहोस हुने र काम्ने सुजितलाई बौवावतीले नै टुनामुना गरेकीे भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीय गाउँलेले बताए ।





