
कविता
प्रिय भ्यालेनटाइन,
यी मान्छेहरु लाई तिमिले
कति
बक्लोल बनाउन सकेका रहेछौ
मेरो बन्दुक देखेर थरकमान हुनेहरु
तिम्रो गुलाबमा मुस्कुराए छन
तर
प्रिय भ्यालेन्टाइन,
तिमी पनि आफ्नो प्रेमिकाको
अङ्गालो नपाएरै मरेका थियौ
उता कृष्ण पनि यसै गरे ढलेका हुन्न
दा भिन्चिले आफ्नो प्रेमलाई कैद गर्न
सुन्दर चित्रकोरे ” मोनालिसा”
घरबार देखि दरबारका इतिहासमा
गुलाबहरु बम बनेर धेरै पडिएको देखेको छु
ढुकुरहरुले बाज बनेर झम्टिएको देखेको छु
प्रिय भ्यालेन्टाइन
मैले बोक्ने बन्दुक भन्दा
तिमिले बोक्ने गुलाब धेरै डर लाग्दो छ
मेरो बन्दुकले कहिल्यौ गुलाब बोक्दैन
मेरो बमको धुवा पछि ढुकुरहरु रसलिला मच्चाउदैनन
तर
तिम्रो गुलाबले त आधुनिक हतियारधारी हो
मेरो बन्दुकले कि तर्साउछ
कि शिधै ज्यान लिन्छ
तर
तिम्रो गुलाबले डर देखाउ छ
त्रास देखाउछ
ज्यान भित्रबाट ज्यान लिन्छ
कि मजबुर बनाउछ कि पागल बनाउछ
कि जिउदो मुर्दा बनाउछ
हासो खाली ओठमा देखाउछ
प्रिय भ्यलेन्टाइन
युद्धमा गएको परेको मान्छे
कि सहिद बनेर फर्किन्छ कि बिजेता बनेर फर्किन्छ
तर
प्रेममा परेको मान्छे
मरे पनि मरिरहन्छ, बाचे पनि मरिरहन्छ
कबिको अधुरो कविता जस्तो बन्छ उ
चैट भएको चङ्गा जस्तो उड्छ उ
प्रिय भ्य्सलेनराइन ,
तिमिले सिकाएको प्रेम
कि धनमा अल्झिएको छ कि बियोगमा रन्थनिएको छ
सारजाहाको ताजमहल होस या पाल्पाको “रानी महल”
प्रेम धनिले गर्छ भन्यो
रोमियो जुलियट, लैला मज्नु, मुना मदन
सरु भक्तको “पागल बस्ती”
बियोगमै हराएर
प्रेमका ईतिहास बियोगको रगतमै लेखिए
ल खै कोहि देखाउत
सम्योगान्त चर्चित काहानी
प्रिय भ्यालेन्टाइन
बरु बन्दुक बोकेरै भए पनि म मर्ने बेला मेरै प्रेमिकासङ्ग मरेको छु
आँसु जन्माउने आखाले
आँसु सम्हाल्न नसकेर
डिल देखि घोप्टाई दिन्छ
प्रेम जन्माउने प्रेमले नै प्रेम सम्हाल्न सक्दैन
र
अटोइन्फेक्सन गरिदिन्छ मुटु भरी
र पागल बनाउछ प्रेमिलाई
तर
बन्दुकले मान्छेको मुख सम्हालिदिन्छ
वचन सम्हालिदिन्छ
त्यसैले भ्यालेन्टाइन,
तिमी भन्दा ठूलो प्रेमी म हु
मैले बन्दुक बोकेर भए पनि प्रेम पाएको छु …………
- के आर पाण्डुलिपि, सुर्खेत





