बूढानीलकण्ठ ११ मा तालिम लिन चाहनेलाई सुवर्ण अवसर



२५ माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले विभिन्न ९ विषयमा तालिमको आयोजना गर्न लागेको हुँदा ईच्छुक व्यक्तिहरुलाई वडा कार्यालयमा सम्पर्क गर्न एक सूचना मार्फत अनुरोध गरेको छ ।

वडा कार्यालयले होजियारी (सिलाई, कटाई, बुनाई), हस्तकला, कम्प्युटर, मोबाईल, ईलेक्ट्रीकल, पर्यटन प्रवर्धन, उद्घोषण, पाक शिक्षा, लेखा प्रणाली कर, प्रस्तावना लेखन तालिमका विषयमा तालिम प्राप्त विज्ञहरुलाई समेत आफ्नो योग्यताको प्रमाण–पत्र सहित वडा कार्यालयमा सम्पर्क गर्न यसै सूचना मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्