जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने निर्णय !



२५ माघ २०७५, काठमाडौं

जनकपुरस्थित जानकी मन्दिरलाई ‘विश्व सम्पदा’ सूचीमा राखिने भएको छ ।

पुरातत्व विभाग टोलिद्धारा राखिने युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधामलाई सूचीमा राखिने कुरा उल्लेख गरे । जसका लागि उप–महानगरपालिकाको प्रमुख लालकिशोर शाहसंग सो विषयमा छलफल भएको थियो ।

सो सूचीमा राख्ने अधिकाशंको प्रक्रिया पुरा भएपनि अझै केहि बाँकी रहेको मनहर्टलाई उद्धत गर्दै उप–महानगर प्रमुख शाहले बताए ।

मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधार सम्बन्धि पुस्तक आफुलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पुरा गर्न आग्रह गरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्