
२४ माघ २०७५, इटहरी
प्रदेश सरकार बस्ने कोठा समेत नभएको अवस्थामा गठन भएकाले काम नदेखिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् । ‘प्रदेश सरकार गठन हुँदा बस्ने कोठा समेत नभएको अवस्था रहेको थियो ।’ इटहरीमा भएको एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले भने ‘बस्ने स्थान र हिँड्ने बाटो बनाउँदा सुरुवादी दिनमा काम देखाउन सकिएन ।’
इटहरीमा बिहीबारबाट सुरु भएको इटहरी फुड फेष्टीभल एन्ड टुरिजम फेयर २०१९ को औपचारिक उद्घाटन गर्दै मुख्यमन्त्री राईले अब प्रदेश सरकार पर्यटनको क्षेत्रलाई मुख्य आम्दानी बनाउन लाग्ने अवस्थामा आएको बताए । प्रदेश नं १ सबैभन्दा बढी पर्यटकीय स्थल रहेको प्रदेश रहेको वताउँदै मुख्यमन्त्री राईले प्रदेश १ नेपालको नमुना प्रदेश हुने सम्पदा भएको प्रदेश रहेकाले यसको सदुपयोग गर्ने बताए । ‘प्रदेश नं १ मा विश्वको सबैभन्दा ठुलो सगरमाथा देखी नेपालको सबैभन्दा होचो स्थान केचना कवल सम्म रहेको छ अब प्रदेश सरकार प्रदेशलाई सुन्दर बनाउने बाटोमा अघि बढ्छ ।’
प्रदेश १ मा विभिन्न पर्वतमय स्थल, जलश्रोत, हिमश्रृनलङखला भएकाले साहसीका पर्यटक लोभ्याउन यस्ता फेयरले विशेष योगदान गर्ने राईको भनाई छ ।
सुनसरीको चतारामा निजी रूपमा पानीजहाज चलिरहेको वताउदै उनले होचो ठाउँबाट अग्लो ठाउँमा जान सक्ने वातावरण सिर्जना भएको बताए । प्रदेश विमानस्थल विराटनगरको स्तरउन्नती गर्दै प्रदेशबाट पर्यटकीय स्थल भ्रमण गर्ने सक्ने बताए । होटेल व्यवसायी सङ्घ इटहरीको आयोजनामा सुरु भएको मेलाको उद्घाटन कार्यक्रममा विभिन्न जातजाति धर्म, संस्कृति जातजातिका झाँकी प्रस्तुत गरिएको थियो । ।
विभिन्न परिकारका ६५ वटा खानाका स्टल रहेको मेलामा हेलीकप्टर टुर, दुईवटा हाक्तिको अवलोकन, अर्नाको आकृतिको अवलोकन, लालीगुराँसको आकृति तथा मनोरञ्जनका लागी प्रत्येक दिन राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ ।





