
२४ माघ २०७५, काठमाडौं
स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमका लागि काठमाडौं क्षेत्र नं. ८ का प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले रु. ४० लाख बजेट बिनियोजित गरेका थिए ।

स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमबाट विनियोजित गरिएको बजेट अन्तरगत नागर्जुन नगरपालिका वडा नं. ४ र ६ स्थित बङ्गलामुखी मन्दिरदेखि सिताराम टोलसम्मको बाटो १३ मिटर चौडा गरि सडक ढलान गर्ने कार्यको आज उक कार्यक्रमका बिच सुभारम्भ गरिएको छ ।

सडक ढलानको शुभारम्भमा सांसद श्रेष्ठ लगायत प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, प्रदेश सभा सदस्य अष्ट लक्ष्मी शाक्य, केशव पोखरेल, नागर्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, उपमेयर सुशीला अधिकारी, वडा नं.४ वडाध्यक्ष करुण बलामी, वडा नं. ६ वडाध्यक्ष राजेन्द्र बुदाथोकी, वडा नं.४ का वडा सदस्य सुशिला नेपाल सहित बङ्गलामुखी टोल बिकास उपभोक्त समिति तथा स्थानीय जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो ।





