
२३ माघ २०७५, काठमाडौं
विराटनगरकी २१ वर्षीय मेघा घिमिरेले करेन्ट लागेर दुबै हात गुमाएकी छिन् । उनी बिबाहित हुन् तर उनका श्रीमानले दुवै हात नभएपछि उनलाई छोडेका थिए ।
अहिले उनी काठमाण्डौको जोरपाटीमा बस्छिन् । उनलाई भेट्न भनेर कृष्ण वली श्रीमती रुपा मगर सहित उनको घर गएका थिए । जब मेघाले कृष्णलाई भेटिन् आशु थाम्नै सकिनन् र डाको छोडेर रोइन् ।
अन्तरवार्ता दिने क्रममा मेघाले आफ्नो मनपर्ने हिरो प्रदिप खड्का र उहासँग भेट्न मन भएको बताइन् ।





