बूढानीलकण्ठ ११ को अत्यन्त जरुरी सूचना



२३ माघ २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले आफ्नो क्षेत्रमा वडाको सिफारिस बिना व्यापार व्यवसायको ब्यानर, पोष्टर तथा कागजहरु नटास्न सूचना जारी गरेको छ ।

वडा कार्यालयले जारी गरेको सूचनामा ११ नं. वडामा अवस्थित विद्यालय, संघसंस्था तथा व्यवसायीहरुलाई वडा कार्यलयको सिफारिस बिना प्रचारप्रसाको कार्य नगर्न अनुरोध गरेको छ । अटेर गरी यस्ता कार्य गरेको पाईएमा कारवाही गरिने समेत जनाएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले जारी गरेको सूचना

प्रतिक्रिया दिनुहोस्