
२२ माघ २०७५, काठमाडौं
सरकारले गर्ने भए त धरहरा अस्ति नै उठिसक्थ्यो, रानीपोखरी पहिलाको जस्तै हुन्थ्यो, ठुल्ठुला बिकाशका परियोजनाहरु बनिसक्थे। गुखाने सरकारले नगरेर पो सबै जनता मिलेर गरौँ भनेको हो त ।
यस्को नाफा कस्ले लिने, घाटा कस्ले लिने भन्ने कुरामा टाउको दुखाउनु पर्दैन, सबै सबालको जबाफ पाउनेछौ। र अर्कोकुरो सरकारले गर्ने भए ३ अरबको परियोजना ३० अरबको देखाएर देश दोहन गर्ने थियो ।
सामाजिक सन्जालका भित्ते राष्ट्रपतिहरु, सक्छौ भने आर्थिक सहयोग गर, सक्दैनौ भने हात बाँधेर साईड लाग, तर धुर्मुस सुन्तलीको बिरोध नगर । हरेक कुराको सिमा हुन्छ, सीमा तोड्नेको हालत के हुन्छ, थाहै होला नि रु हेरिराछु तिमीहरुको चुरिफुरी ।
हुनत तिमीहरुले ‘गु’ निक्लिने गरि बिरोध गरे नि स्टेडियम २ बर्षभित्र बनेरै छोड्छ ।
ठेक्कापट्टा आफ्नै भाईभतिजा र हनुमानका हातमा सुम्पेर पप्पू कन्स्ट्रक्शनको जस्तै लुटको श्रृङखला चलाउँथ्यो, अरबौं घोटाला गरेर देशलाई टाट पल्टाईदिने थियो र काम बिचमै अधुरै छोड्ने थियो । धुर्मुस सुन्तलीले चार चारवटा बस्ती बनाएर समयमै काम पुरा गरेका छन्। त्यसैले उनीहरुले यो स्टेडियम पनि समयमै बनाईसक्ने छन् ।
त्यसैले यो राष्ट्रीय गौरबको बिषयलाई लिएर कसैले पनि बिरोधको डाको नछोडे हुन्छ र नामको लागि यो सब गर्यो पनि नभने हुन्छ । बाचुन्जेल पुग्ने नाम त “मेरी बास्सै”ले नै दिएको छ नि उनीहरुलाई ।
कसै कसैले त धुर्मसे एमालेको हो पनि भन्न थालेछन् । के फरक पर्छ र हामीलाई देश बनाउँछु भन्ने मान्छे जुनै पार्टीको भएपनि । हामीलाई एमाले , काँग्रेस, राजाबादी जो जो आएनि मतलब छैन, देश बन्नु पर्यो कुरा यति हो । मलाई एउटै मात्र मन नपरेको चाहिँ धुर्मुसले केपी र प्रचण्डलाई स्टेजमा ठाउँ दिएको दृश्य ।
यि अनुहार न दनुवारका देश लुट्ने ब्वाँसाहरुलाई तल दर्शकको लाईनमा ठिंग्याएर लोप्पा खुवाउनु पर्नेमा खादाले सम्मान गरियो ।
यतिमा चित्त बुझेको छैन । अरु कुरामा धुर्मुसलाई मेरो समर्थन छ । म अहिले युवा अवस्थामा छु । म ९० बर्षसम्म बाँच्न चाहन्छु र मेरा सन्तानले पनि देशको प्रगतिमा रमाउँदै देशभित्रै बसेको हेरेर मर्न चाहन्छु । त्यसैले म बिरोध गर्दिन । बरु यो लंगडो सरकारलाई पनि धुर्मुससँग प्रतिस्पर्धा गर्दै अर्को विकास परियोजनाको डिपिआर तुरन्त सुरु गर भनेर दबाब दिउँ न ।
फोकटका ल्याङ ल्याङ किन ? कोहि अभियन्ता बनेर पैसा उठाउने हो भने म सहयोग गर्न तयार छु । छ कोहि ?
ज्वाला संग्रौला जापान,





