
२२ माघ २०७५, काठमाडौं
घरेलु टिम युएईलाई टी- २० र एक दिवसीय सिरिज जितेर हिजो स्वदेश फर्केका खेलाडीहरुलाई सरकारले जनही ५ लाख रुपैया दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले आइसीसीबाट मान्यताप्राप्त दुवै खेल सिरिज जितेर स्वदेश फर्केको टोलीलाई नगद सहित सम्मान गर्ने निर्णय गरेको खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले बताएका छन्।
तत्कालका लागि खेलाडीहरुको मनोबल बढाउन यो निर्णय गरेको मन्त्री विश्वकर्माले बताए। विश्वसामु नेपालको नाम चम्कौदै एउटा नया इतिहास रचेर भिन्दै खुसी बोकेर स्वदेश फर्केको खेलाडीहरुलाई अहिलेको अवस्थामा ५ लाख मात्र किन ५० लाख दिन सकिदैन ? भन्ने पत्रकारहरुको प्रश्नमा मन्त्री विश्वकर्माले भाबुक हुदै भने, सकिन्थ्यो तर हामीले तत्काल मनोबल बढाउनको लागि मात्र यो निर्णय गरेका हौँ। हामि खेलाडीहरुलाई बढी भन्दा बढी सुविधा उपलब्ध गराउने तर्फ गम्भीर छौँ।
दुवै सिरिज जितेर स्वदेश फर्किएको खेलाडीहरुलाई जनही ५ लाख रुपैया दिनुपर्ने सिफारिस सोमबार मात्रै राष्ट्रिय खेलकुद परिषदले सरकार समक्षा पेश गरेको थियो। खेलाडीहरुलाई स्वागत गर्न त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमा पुगेका राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले खेल जितेर आउने खेलाडीहरुको उच्च सम्मानमा व्यक्तिगत जनही दश हजार दिने उद्घोष गरिसकेका छन्।





