‘थुलुङ दुधकोशी गाँउपालिका’मा बन्न लागेको अस्पतालको डिजाईन तयार



२२ माघ २०७५, काठमाडौं

सोलुखुम्बुको ‘थुलुङ दुधकोशी गाँउपालिका’मा बन्न लागेको सामुदायिक अस्पतालको डिजाईन तयार भएको छ ।

गाँउपालिका केन्द्र मुक्लिमा बन्ने अस्पताल सुविधासम्पन्न ५० शैयाको हुने, गाँउपालिका अध्यक्ष असिम थुलुङले जानकारी दिए ।

अस्पतालको डिजाईन आर्किट्याक इञ्जिनियर, ‘केज कन्टलटेन्सि प्राईभेट लिमिटेडका एमडी विष्णु पन्थीले गरेका हुन् ।
अस्पताल निर्माणको लागि तयारी थालिसकिएको बताईएको छ ।

गाँउपालिकामा यसअघि नै प्रहरी चौकी तथा बैंक शाखा भने संचालनमा आईसकेको छ ।

गाँउपालिकामै सुविधासम्पन्न ५० शैयाको अस्पताल बन्ने भएपछि गाँउपालिकाबासी खुशी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्